किन इसाइहरूलाइ चाहिँ विवेद ?










हाम्रो धर्म, हाम्रो संस्कृतिको बारेमा हाम्रो संविधानले यहि भन्दछ कि नेपाल एक धर्मनिरिपेक्ष राष्ट्र हो । धर्मनिरिपेक्षको अर्थ यो होइन कि हामी कुनै धर्मको बिरोध गर्ने, अरुको आस्था प्रति चोट पुराउने र अन्य धर्मालम्बीको बारेमा नराम्रो कुरा गर्ने । नेपालमा बस्ने सबै नागरिक हो । कुनै धर्म, जात, भाषा, लिङ्ग भन्दा अगाडी राष्ट्रियता आउँछ । यो देश कसैको पेवा होइन र यो देश एउटा मात्र धर्म र संस्कृतिको होइन । नेपाल देशमा बस्ने र नागरिकता प्राप्त सबै व्यक्तिहरु नेपाली हुन् । जसले जुन धर्म माने पनि स्वतन्त्रता छ । जो नेपालमा जन्मे, यही हुर्के र यही माटोमा परिश्रम गरे । तर यहाँ भन्दै छन् कि यीनिहरु त विदेशी धर्म । धर्म पनि स्वदेशी र विदेशी हुन्छ र ? यस्तो मदभदे किन ? के हामी नेपाली होइनौ र ? के हिन्दु, के मुस्लिम, के इसाइ र के शिख जब राष्ट्रको अस्तित्व माथि प्रश्न उठ्न तब सबै एकै हुन्छौ तर किन धर्मको नाममा बिरोध ? जब नेपाली कुनै अर्काे मुलकमा दुःख पायो वा मृत्यु भयो भनेर सुन्छौ तब सबै नेपालीको मन एकै चोटी दुख्छ । चाहे त्यो हिन्दु होस , मुस्लिम होस, इसाइ व अन्य सबैको । तर किन धर्मको नाममा बिरोध ? जब नेपाल र अन्य राष्ट्र बीच कुनै पनि खेलमा प्रतियोगीता हुन्छ सबै नेपालीहरु एकजुट भएर नेपालको नै सर्मथन गर्दछन् । यसमा किन हिन्दु, मुस्लिम, इसाइ, शिख वा अन्य भनेर बिरोध गरिदैन ? यसको एउटै कारण हो कि हामी मा पनि राष्ट्रियाता छ । हामी पनि देशलाई मायाँ गछौँ । जब अतिक्रमणकारीहरुले नेपालको सिमा मिच्छ नि तब सबै धर्मका मानिसहरुको मन दुख्छ किन ? किनकि हामी पनि हाम्रो देशलाई मायाँ गछौँ । हो हाम्रो आस्था फरक छ, हो हाम्रो विश्वास फरक छ तर देश प्रति मायाँ, आदार र सम्मान र राष्ट्रियता हामीमा सधै भरी छ । हामी बोल्न नसकेर मौन बसेका होइनौ तर सद्भावको कारण मौन बसेका हौ, देशको मायाँको कारण मौन बसेका हौँ । कसैले कसैको आस्था मागि आँच पुराउने काम गरेर हामीलाई के फाइदा । सबैको आस्थामाथि चोट पुराउएर आफ्नो आस्था सहि छ भन्नु कतिको मुर्खता हो भन्ने कुरा थाहा नै होला ।
          वास्तवमा कुनै पनि राष्ट्रको एकलौटी धर्म हुदैन । यदि त्यस्तो हो भने त्यो उत्तर कोरिया जस्तै तानाशाही बस्ने राष्ट्र हो । जहाँ स्वतन्त्रताको नाम पनि छैन । नेपाल एक बहुभाषिक, बहुधार्मिक र बहुसंस्कृतिक राष्ट्र हो र यहाँ बस्ने सबै धर्मका मानिसहरु चाहे त्यो हिन्दु,मुस्लिम, इसाइ , शिख वा अन्य जो भएपनि सबै भन्दा पहिला त्यो व्यक्ति नेपाली हो ।  अब धर्मको नाममा बिरोध होइन तर सबै नेपालीहरु एकतामा रहनु पर्दछ ।




अरूलाइ पनि सेयर गरिदिनुहाेला ।

अधिक जानकारीको लागीः

Name: Sangam Shrestha
Email: shresthasangam333@gmail.com
            sthasangam333@gmail.com
Phone: 9861310079
blogger URL: https://sangamshresth.blogspot.com/?zx=cabfa43e17f0957f
Youtube: https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ?view_as=subscriber








किन इसाइहरूलाइ चाहिँ विवेद ? किन इसाइहरूलाइ चाहिँ विवेद ? Reviewed by Sangam Shrestha on December 28, 2019 Rating: 5

No comments:

Powered by Blogger.