ख्रीष्टमस सम्बन्धी महत्वपूर्ण जानकारी - किन ख्रीष्टमस त ?


ख्रीष्टमस सम्बन्धी महत्वपूर्ण जानकारीः




भनिन्छ सत्य जहिले पनि तितो हुन्छ । यसैले होला सत्यलाई मानिसहरुले त्यति मन पराउँदैन । कति व्यक्तिहरुले तात्कालिन समयमा ख्रीष्टमस सम्बन्धी टिका टिप्पनी गर्न थालेका छन् । ख्रीष्टमस बाइबलीय छ वा छैन भन्ने कुरामा धेरै मदभेद भई रहेका छन् । यसैले मैले यो लेख तयार पारेको हुँ । यो लेख ख्रीष्टमस मान्ने र नमान्ने दुवै समुहको लागि हो । तपाईंको विश्वास ख्रीष्टमसमा छ वा ख्रीष्टमा छ त्यो महत्वपूर्ण कुरा हो । यदि तपाईं ख्रीष्टमस मनाउँनु हुन्छ तर तपाईंको मनमा ख्रीष्ट हुनुन्न भने ख्रिष्टमस मनाएको के अर्थ भयो र ? यदि तपाईं ख्रीष्टमस मनाउँनु हुन्न तर तपाईंले ख्रीष्टलाई आदार गर्नुहुन्छ  र उहाँ पक्का संसारमा जन्मनु भएको थियो भन्ने कुरा विश्वास गर्नुुहुन्छ भने त्यही नै असल हो । यसैले ख्रीष्टमस बारे हामीले थाहा पाउनु पर्ने केही कुराहरु छन् । जुन निम्न बुदाँमा रहेको छ ः



  •       येसु क्राइस्टको जन्मलाई मानव इतिहासमा महत्वपूर्ण घटनाको रूपमा लिइन्छ ।
  •      डिसेम्बर २५, ३३६ इस्वी संवत्मा पहिलो पटक क्रिसमस मनाइएको घटना इतिहासमा पाइन्छ ।
  •       जुन समयमा पहिलो क्रिस्चियन रोमी शासक कन्स्टानटाइनले शासन गरेका थिए ।
  •        मण्डलीका पोप जुलियसले डिसेम्बर २५ लाई आधिकारिक रूपमा क्राइस्टको जन्मोत्सव मनाउने दिनका रूपमा प्रचलनमा ल्याएका थिए ।
  •     डिसेम्बर २५ को दिनलाई संसारभरि नै क्रिसमसका रूपमा मनाउन थालिएको छ ।
  •      डिसेम्बर २५ लाई येशूको जन्मदिनको रूपमा चिनाउने प्रथम व्यक्ति रोमका हिप्पोलाइटसजस्तो देखिन्छ । तिनी तेस्रो शताब्दीका अति नै महत्त्वपूर्ण ईश्वरशास्त्री थिए । ख्रीष्टाब्द ३८५ मा पोप जुलियस प्रथमले डिसेम्बर २५ मा नै ख्रीष्टको जन्मोत्सव मनाउनुपर्छ भनी घोषणा गरे ।
  •       चौथो शताब्दीको अन्त्यतिर जोन ख्रिसोस्टोमले पनि डिसेम्बर २५ लाई नै येशूको जन्मदिनको रूपमा वकालत गरे ।
  •       परम्पराअनुसार येशू डिसेम्बर २५ मा जन्मनुभएको थियो भनी सन्त अगस्टिन ९ख्रीष्टाब्द ३५४(४३०० ले आफ्नो कृतिमा उल्लेख गरेका छन् ।  
  •         इतिहासको पाना पल्टाएर हर्ने हो भने २५ डिसेम्बरको दिन रोम देशको खेतीपातीको देवता स्यार्टन पुज्ने दिन हो
  •      धेरैका लागि क्रिसमस, परिवार अथवा साथीभाइसित दुःखसुखको कुरा गर्ने र आपसी सम्बन्धलाई सुमधुर बनाउने समय भएको छ।
  •       सेन्ट निकोलस्, जसलाई वास्तविक सेन्टा क्लस पनि भनिन्छ
  •         बाइबलमा येशु पच्चीस तारीख दिसम्बरको दिन जन्भनुभएको भनेर लेखिएको छैन ।
  •       बाइबलमा क्रिसमस मान्नु भनेर कही लेखिएको छैन ।
  •      क्रिसमस ट्रीको बाइबलीय इतिहास नभएपनि यो ख्रीष्ट केन्द्रित नै छ । बोनिफेस ट्री लार्इ प्रचारको केन्द्र बनाएका थिए भने मार्टिनले स्वर्गीय आर्कषण देखेका थिए ।
  •       अमेरिकामा क्रिसमस ट्रीको सुरुवात सन १८३० को लडाँइताका भएको मानिन्छ। सन १८४१ रानी भिक्टोरियाले क्रिसमस ट्रीलाई सजाएपछि बेलायतमा यसको लोकप्रियता बढेको थियो। त्यसको लगत्तै अमेरिकामा समेत क्रिसमस ट्रीले लोकप्रियता हाँशिल गरेको थियो ।

माथि उल्लेख गसिएको बुदाँहरुले हामीहरुलाई एउटै निष्कर्षमा पुराउँछ । बाइबलमा कहि पनि ख्रीष्टमस मनाउँनु भनेर लेखिएको छैन । तर हामीले बुझ्नु पर्ने अर्काे तार्किक उत्तर पनि छ । बाइबलमा ख्रीष्टमन नमनाउनु पनि भनेको छैन । कति मानिसहरुले ख्रीष्टमसलाई मिश्रका सूर्य देवतालाई पूजा गर्ने दिन हो भनेर आलोचना पनि गर्दछ । यस्तो आलोचना गर्ने व्यक्तिहरुलाई मेरो केही प्रश्न रहेको छ ?
   तपाईंले यस्तो भन्ने हुदाँ तपाईंको के फाइदा भयो ?
   के तपाईंले यस्तो भन्नु भएपछि कुनै पनि व्यक्तिको आत्मा प्रभुमा बाँच्यो त ?
   के तपाईंले यस्तो भन्नु भए पछि मासिनहरुमा सुसमाचार प्रचार भयो कि कुसमाचार ?
   के तपाईंले बिरोध गरेको कारण कति जना इसाइहरुले ख्रीष्टमस मनाउँन छोडे ?
   यस कुराको प्रचार गरेर तपाईंले के सुधार गर्नुभयो ?
   तपाईंको यो प्रचारले परमेश्वको महिमा भयो त ?
   तपाईको यस प्रचारले मानिसहरुमा आत्मिक जागृति आयो त?
   के यस प्रचारबाट तपाईं मात्र सही हो भन्न खोज्नु भएको हो ?
हो , हामीलाई थाहा छ ख्रीष्टमस बाइबलमा उल्लेख गरिएको छैन । तर पनि यसबाट परमेश्वरको महिमा हुन्छ भने किन नमनाउने त ? यदि तपाईं अझै पनि ख्रीष्टमस बाइबलमा लेखिएको छैन भनी सोच्नुहुन्छ भने के यसबाट परमेश्वरको महिमा भएको छ ? हामी किन मनाउँछौँ भन्ने कारण निम्न छन् ः
   यो ख्रीष्टको जन्मको उपलक्षमा खुशीयासी हो ।
   ख्रीष्टमसमा हामी मिश्रको देवतालाई होइन ख्रीष्टको जन्मको प्रचार गछौँ ।
   ख्रीष्टमसमा सान्टा को होइन तर जीवन दिने येशूको प्रचार गछौँ ।
   ख्रीष्टमसमा अनन्त जीवनको उपहार दिनुहुने हाम्रो प्रभुको महिमा गर्छ ।
   मुक्तिदाताको प्रचार गछौँ ।
   हामी क्रिसमस रुखको पूरा गर्दैन तर येशू नयाँ आशा हुनुहुन्छ भनेर प्रचार गछौँ ।
   हामी मौन बत्ती बालेर मुर्तिको पूजा गर्दैनौ तर येशू संसारको ज्योति हुनुुहुन्छ भनेर आराधना र प्रचार गछौँ ।
   हामी कुनै पनि देवताको नाममा शिर झुकाउदैनौ तर हाम्रा महान सृष्टिकर्ता परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार, अनन्त सम्म राज्य गर्नुहुने महान परमेश्वर, मुक्तिदाता, उद्धारकर्ता, पालनकर्ता, प्रभु जो ख्रीष्ट हुनुुहुन्छ , जो आदि अन्त्य हुनुहुन्छ , जो हामी सबैको गोठाला हुनुहुन्छ उहाँको महिमा, आदार, प्रचार र आराधना गर्दछौँ ।
   ख्रीष्टमसमा हामी येशू ख्रीष्टको जन्मलाई केन्द्र बनाउँछौँ अन्य ईश्वरहरुलाई होइन ।

यसैकारण हामी ख्रीष्टको जन्मदिन मनाउँछौँ । उहाँको आराधना गदछौँ । उहाँको जन्म दिनको बिरोध गर्ने कारणहरु हजारै होला तर हामी ख्रीष्टमस मनाउनुको कारण यही हो, हामीहरुको पापको मोल तिर्नको लागि संसारमा मानिस भई जन्मनु भयो । यसैले हामी उहाँको जन्मको अवसरमा खुशी मनाउँछौँ ।
हामी कहिले पनि यो प्रचार गर्दैनौ कि येशू २५ डिसेम्बबर कै दिनमा जन्मनुभएको हो । तर हामी यो प्रचार गछौँ कि येशू ख्रीष्ट जन्मनु भएको थियो । ऐतिहासिक प्रमाण, वैज्ञानिक प्रमाण, धर्मशास्त्रीय प्रमाण, भुगर्वविदहरुको प्रमाण, इतिहासकारहरुको प्रमाण, चेलाहरुको प्रमाण, अभिलेखको प्रमाण र साक्षीहरुको प्रमाणहरुद्धारा हामी यो निश्चित र पक्का हुन्छौँ र पूर्ण रुपमा विश्वास गछौँ येशू यस संसारमा जन्मनु भएको थियो ।
अरूलाइ पनि सेयर गरिदिनुहाेला ।

अधिक जानकारीको लागीः

Name: Sangam Shrestha
Email: shresthasangam333@gmail.com
            sthasangam333@gmail.com
Phone: 9861310079
blogger URL: https://sangamshresth.blogspot.com/?zx=cabfa43e17f0957f
Youtube: https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ?view_as=subscriber







ख्रीष्टमस सम्बन्धी महत्वपूर्ण जानकारी - किन ख्रीष्टमस त ? ख्रीष्टमस सम्बन्धी महत्वपूर्ण जानकारी - किन ख्रीष्टमस त ? Reviewed by Sangam Shrestha on December 19, 2019 Rating: 5

No comments:

Powered by Blogger.