Author:Sangam Shrestha,B.Th, Mdiv(Running).
पुरातत्त्वविद्या शब्द
पुरा र तत्त्व यि दुई शब्द आपसमा मिलेर बनेको हो । यी मध्ये पुरा शब्दको शाब्दिक
अर्थ पुरानो, विगतको वा पहिलेको भन्ने हुन्छ भने तत्त्व
शब्दको अर्थ मुलभुत कुरा वा वास्तविक कुराको ज्ञान भन्ने हुन्छ । यसर्थ पुरातत्त्व
शब्दको शाब्दिक अर्थ विगतको वास्तविक कुरा,
अथवा पुरानो कुराको ज्ञान
अथवा आजभन्दा पहिलेको, वास्तविक कुराको जानकारी गराउँने विषय हो । विगतका पुराना कुराहरुको खोज तथा अनुसन्धान
गर्ने एक प्रकारको विज्ञान हो ।[1]
पुरातत्वशास्त्र त्यो विज्ञान हो जो मानवका भूत कालको अध्ययन गर्दछ ।[2] पुरातत्त्वलाई बुझाउने प्राचिन ग्रीक भाषाको 'Archaios'
र 'Logos'
भन्ने दुई अलग शब्द आपसमा
मिलेर बनेको हो । जसको अर्थपनि क्रमसँग पुरानो र ज्ञान भन्ने हुन्छ ।[3] पुरातत्त्वविद्या भन्नाले भूतकालमा भएका पुराना
बस्तुहरुको खोज तथा अनुसन्धान गर्ने सामाजिक विज्ञान हो । नेपाली बृहत् शब्दकोश ले
पुरातत्त्वको परिभाषित गर्दै भन्छ,
“प्राचीन समयमा निर्माण भएका
वा उपयोग गरिएका ऐतिहासिक तथा महत्वपूर्ण वस्तुको अध्ययन गर्ने विद्या; पुराना कला वा संस्कृतिको अनुसन्धान तथा अध्ययनसँग सम्बन्ध
राख्ने विद्या”[4] यसर्थ पुरातत्त्वविद्या मुलतः पुराना
बस्तुहरुको अध्ययन गर्ने विद्या हो ।
बाइबलका सत्यताहरु यस्ता खोजीहरुमाथि निर्भर छैन
तर पनि पुरनतत्व विज्ञानले बाइबलमा लेखिएका कुराहरुको वास्तविकतालाई पुष्टि गर्दछ
।[5] पुरातत्त्वविद्याले बाइबल परमेश्वरको बचन हो वा
होइन भन्ने कुरा प्रमाणित गर्न सक्दैन तर बाइबल सत्यताले भरिएको र इतिहास मुताविक
सही छ भन्ने कुराको प्रमाण भने दिने गर्दछ । बाइबल कुनै मानिसले कल्पना गरेको
मनगढन्ते दन्ते कथा होइन भनेर पनि पुरातत्त्वविद्याले हामीलाई प्रमाण दिदछ । लेखक
डेल रोटन लेख्छन्, “पुरातत्त्वविक खोजहरुले धर्मशास्त्रको
विश्वासनीयतालाई पुष्टि गरिरहेकै छन् ।”[6] यस्तै ग्लिसन आर्चर, प्रतिष्ठित बाइबल विद्वान् भन्छन्, “एकपछि अर्को गर्दै मैले बाइबलका तथाकथित अन्तर्विरोधहरूलाई
हेरेको छु र बाइबलका अभिलेखमा भएका ती अन्तर्विरोधहरूलाई अध्ययन गरेको छु । र, भाषाविद्हरू,
पुरातत्त्वविद्या र
विज्ञानको साक्षीले धर्मशास्त्रको विश्वसनियताप्रति भएको मेरो निश्चयतालाई
बारम्बार पुष्टि गरेका छन् र मजबुत बनाएका छन् ।”[7] विलियम राम्सेले बाइबललाई दन्ते कथाको रुपमा
बिचार गर्थे । उनले बाइबललाई अप्रमाणित गर्ने उद्देश्यले नै पुरातत्त्वविद्या भन्ने
बिषय अध्ययन गरे । २५ बर्षको लामो अनुसन्धान र खोजबाट उनले थाहा पाए कि बाइबलमा
उल्लेख गरिएका पुरातत्त्व सम्बन्धी कुराहरु सत्य छन् । त्यस पछि उनी ख्रीष्टियान
पनि भए ।[8]
पुरातासत्त्विक कामले
निःसन्देह धर्मशास्त्रीय रेकर्डको विश्वासनीयतामा विश्वास बलियो बनाएको छ ।
प्यालेस्टाइनमा उत्खन्न गरेको अनुभवले गर्दा एक भन्दा बढी पुरातत्वविदहरूले बाइबलप्रति
आफ्नो आदर बढाएको छ । पुरातत्त्विविद्याले धेरै जसो अवस्थामा आधुनिक आलोचकहरूको धारणालाई इन्कार गरेको छ ।[9]
[1] शिवहरि
अर्याल, नेपालको
पुरातत्त्व, कला, वास्तुकला
र पर्यटनको परिचय (काठमाण्डौँः शिव पब्लिकेशन प्रा.लि.),१।
[2] स्वतन्त्र विश्वकोश, नेपाली, Assessed
date April 6,2015, https://ne.wikipedia.org/wiki/पुरातत्त्वशास्त्र
[3] अर्याल, नेपालको
पुरातत्त्व, कला, वास्तुकला
र पर्यटनको परिचय,१।
[4] नेपाली
बृहत् शब्दकोश (काठमाण्डौँः नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, २०५०),७९०।
[5] डन्
फ्लेमिङ, ब्रीज
सचित्र बाइबल शब्दकोश (काठमाण्डौँः जी.एफ.ए प्रकाशन, २०१४)३४१।
[6] डेल
रोटन, विश्वासको
प्रमाण (काठमाण्डौँः सत्यबाटो प्रकाशन,
२००४)३९ ।
[7] कमल अधिकारी, बाइबलको विषयमा १९ ओटा भनाइहरू (भाग २), Accessed Date April 26, 2021, Publics Date MONDAY, JANUARY 26, 2015, http://reasonstobelieve2014.blogspot.com/2015/01/BLOG-POST_26.HTML
[8] कमल अधिकारी, बाइबलमा भुल छ भनी प्रमाण खोज्न हिँडेका राम्से अन्ततः बाइबल विद्वान् बने, Accessed Date April 26, 2021, Publics Date December 31, 2020, https://kamaladhikari.com.np/1935/
No comments: