Writer:Sangam Shrestha.
Sangam Shrestha |
“परमेश्वर अवैयक्तिक ‘शक्ति’ नभएर व्यक्तित्व सम्पन्न व्यक्ति हुनुहुन्छ । उहाँसित ज्ञान, शक्ति, इच्छा अनि भावना छ । मानिस जातिको पनि ज्ञान, शक्ति, इच्छा अनि भावना हुन्छ । तर यसको अर्थ परमेश्वर मानिस जस्तो हुनुहुन्छ भन्ने हुँदैन (होशे ११:९) । यसको विपरीत यी गुणहरु परमेश्वरमा भएका हुनाले मानिसमा पनि विद्यमान छन्,
किनकि मानिस परमेश्वरको स्वरुपमा सृष्टि गरिएको छ (उत्पत्ति १:२६) परमेश्वर आत्मा हुनुहुन्छ,
यसकारण अदृश्य हुनुहुन्छ (यूहन्ना ४:२४,
रोमी १:२०,१ तिमोथी १:१७,
हिब्रू ११:२७) । मानवीय भाषाले शारीरिक आकृति नभएको कुनै व्यक्तिको बर्णन गर्न नसक्ने भएकाले परमेश्वरको विषयमा बर्णन सही रुपले गर्नलाई बाइबलले अरु चित्रहरु तुलनात्मक कुराहरु प्रयोग गर्नुपरेको हो । परमेश्वर केवल एक व्यक्ति मात्र हुनुहुन्न तर विश्वासीहरु उहाँसितको एउटा व्यक्तिगत सम्बन्धप्रति यति सचेत हुन्छन् कि उनीहरुले सामुहिक रुपमा उहाँलाई ‘हाम्रा परमेश्वर’ अनि व्यक्तिगत रुपमा ‘मेरो परमेश्वर’ भन्न सक्छन् (प्रेरित २:३९,
फिलिप्पी ४:१९) ।”[1] यस्तै परमेश्वर व्यक्तिगत हुनुहुन्छ र पनि उहाँ अपरिवर्तनीय हुनुहुन्छ वा परिवर्तन नहुने परमेश्वर हुनुहुन्छ । अझ स्पष्ट सँग भन्दा परमेश्वर मानिसहरु जस्तै व्यक्तिगत हुनुहुन्छ तापनि मानिस झै परिवर्तन हुने हुनुहुन्न । “परमेश्वर तार्किक स्वसचेत र आफै निर्णय गर्न सक्ने बुद्धिमान् नैतिक अस्तित्व हुनुहुन्छ ।”[2] परमेश्वर एक व्यक्ति पनि हुनुहुन्छ,
उहाँ “यस्तो व्यक्ति हो, जसमा विचार गर्ने, अनुभव गर्ने र निर्णय गर्ने शक्ति हुन्छ । परमेश्वरको शरीर नभएर पनि उहाँको बुद्धि र विचार, अनुभव र तर्क गर्नसक्ने शक्ति अवश्य पनि छ । बाइबलले प्रकट गर्छ, कि उहाँले अरुहरुसँग कुरा गर्नुहुन्छ र उहाँले निर्णयहरु बनाउनुहुनछ । यी सबै एक व्यक्तिमा हुने स्वभाव वा चरित्रहरु हुन् । यसैले परमेश्वर व्यक्तिगत परमेश्वर हुनुन्छ ।”[3] परमेश्वर व्यक्तिगत हुनुहुन्छ भन्दा कहिले काही हामी परमेश्वरलाई हामी मानिसहरु जस्तैको रुपमा तुलना गर्दछौँ । उहाँमा मानिसमा भएको गुणहरु छ तर यसको अर्थ यो होइन कि परमेश्वर मानिस हुनुहुन्छ । परमेश्वरले मानिसलाई बनाउनु भएको हो मानिसले परमेश्वरलाई होइन । (तर फेरी हामीले ध्यान दिनु पर्दछ । परमेश्वर मानिस होइन भन्दा येशू ख्रीष्ट पनि परमेश्वर होइन भन्न चाहिँ मिल्दैन किनकि येशू हामीहरुको लागि मानिस भएर आउनु भएको हो भनेर बाइबलले हामीलाई बताउँछ । येशू मानिस भएर परमेश्वर हुनु भएको होइन तर परमेश्वर भएर नै मानिस हुनुहुभएको हो । अर्थात उहाँ मानिस हुदाँ पनि उहाँ परमेश्वर नै हुनुहुन्थ्यो । (मैले यहाँ परमेश्वर पिता र पुत्र परमेश्वर एकै व्यक्ति हो भन्ने कुरा गरेको छैन))“हामीहरु जस्तै परमेश्वर समय,
ठाउँ र प्राकृतिक नियमहरुबाट सीमित हुनुहुन्न । उहाँ सधैभरी हुनुहुन्छ र हुनेहुनेछ । उहाँ सबै ठाउँमा हुनुहुन्छ । उहाँ सबै कुरा जान्नुहुन्छ र जे कुरा पनि गर्न सक्नुहुन्छ । कोही कोहीले विश्वास गर्छन्, कि परमेश्वर नै संसारलाई अधीन गर्ने अव्यक्तिगत दबाउ अथवा असलको निम्ति प्रभाव पार्ने शक्ति हुनुहुन्छ । हामीलाई थाहा छ कि परमेश्वर व्यक्ति हुनुहुन्छ, किनभने उहाँ विचार गर्नुहुन्छ, अनुभव गर्नुहुन्छ र काम गर्नुहुन्छ । वास्तवमा बाइबलले सिकाउँछ कि परमेश्वर एकमात्र हुनहुन्छ जो तीन व्यक्तिमा प्रकट हुनुभएको छ, अथवा त्रिएक परमेश्वर । परमेश्वर पिता, परमेश्वर पुत्र र परमेश्वर पवित्र आत्मा, स्वभावमा ,
शक्तिमा र उद्देश्यमा एकै हुनुहुन्छ । उहाँहरु एकै व्यक्ति एकै परमेश्वरजस्तै पूर्ण मिलापमा काम गर्नुहन्छ ।”[4]
[1] फ्लेमिङ,
डन्,
ब्रीज सचित्र बाइबल शब्दकोश,(काठमाण्डौँः जीएफए प्रकाशन,२०१४) पेज, २८४।
[2] विलियम,
डेरेक, बाइबल शब्दकोश, (काठमाण्डौँः सामदान प्रकाशन,२०००)पेज,३४५।
[3] ऊडवर्थ सी.फ्लोवाइड, डंकन, डी,
डेविट, सत्यताको कुनेढुङ्गो (काठमाण्डौँःआई.सी.आई युनिभर्सिटी, २००४),
पेज,२१ ।
[4] जीवनका गम्भीर प्रश्नहरु, (काठमाण्डौँः आई.सी.आई युनिभर्सिटी,२०१९)पेज, १९।
No comments: