भजनसंग्रहको पुस्तकबारे बारेमा जान्नै पर्ने २० तथ्यहरु

 भजनसंग्रहको पुस्तकबारे जान्नै पर्ने २० तथ्यहरु


१.भजनसंग्रह बाइबलको सबै भन्दा लामो पुस्तक हो ।

२.भजनसंग्रह सबै भन्दा धेरै अध्यायहरु र पदहरु भएको पुस्तक हो ।

३.नयाँ करारमा सबै भन्दा धेरै पद भजनसंग्रहबाट उल्लेख गरिएको छ ।

४.धेरै मानिसहरुले भजनसंग्रहको पुस्तकहरु पद कण्ठ गर्ने गर्छन् ।

५.आराधनामा धेरै जसो भजनसंग्रहकै पुस्तकबाट अध्ययन गरिन्छ ।

६. यस पुस्तकमा १५० अध्यायहरु, २४६१ पदहरु र ४३,७४३ शब्दहरु रहेका छन् ।

७.बाइबलको सबै भन्दा बीचको पद भजनसंग्रह ११८ः८ हो ।

८.भजनसंग्रह पुस्तकको मुख्य शब्द आरधना र प्रार्थना हो ।

९.बाइबलकै सबै भन्दा लामो अध्याय भजनसंग्रह ११९ हो जसमा १७६ पदहरु छन् ।

१०.बाइबलको सबै भन्दा छोटो अध्याय भजनसंग्रह ११७ हो जसमा २ पदहरु छन् ।

११. भजनसंग्रहको पुस्तक सबै भन्दा धेरै  पढिने र मन पराउने पुस्तक हो ।

१२.हल्लेलूयाह भन्ने शब्द बाइबलमा २८ पटक उल्लेख गरिएको छ जस मध्ये २४ पटक भजनसंग्रहमा उल्लेख गरिएको छ ।

१३. नयाँ करारमा भजनसंग्रहका १८९ पदहरु उल्लेख गरिएको छ ।

१४. सबै भन्दा लामो समय लागेर लेखिएको पुस्तक भजनसंग्रह हो । यस पुस्तकले मोशा देखि दोस्रो निर्वासनको समय सम्म ओगटेको छ ।

१५ भजनसंग्रहमा सबै भन्दा धेरै भजनहरु दाऊदले लेखेका छन् । उनले करिब ७३ वटा भजनहरु लेखेका छन् ।

१६.परमेश्वर र मानिस जीवनका सम्बन्धमा भजनसंग्रहले जस्तै बाइबलका अरु कुनै पुस्तकले पनि मानव भावनाहरु र खाँचोहरु पूर्ण रुपमा व्यक्त गरेको छैन ।

१७.भजनसंग्रहका आधा भजनहरु संकष्टको समयमा गरिएको प्रार्थनाहरुको बारेमा उल्लेख गरेका छन् । 

१८. प्राय जसो नेपली मण्डलीहरुमा आराधनाको समयमा भजनसंग्रह १५० पढ्ने गर्दछ ।

१९. जब जीवनमा समस्या र दुःख आइ पर्दछ तव भजनसंग्रह २३ बढि मात्रामा याद गर्ने गरिन्छ ।

२०. यस लकडाउनका सबै भन्दा बढी पढिएको अध्याय भजनसंग्रह ९१ हो । 


About Author

Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com

            sthasangam333@gmail.com

Phone: 9861310079

Blogger: https://sangamshresth.blogspot.com


B.Th., M.Div.(Running), BSW (Running) Founder of Apologetics Faith's Channel and बाइबल र यसका सत्यता, and Also Author of  ख्रीष्टियान विश्वास, बाैद्धिक विश्वास ।


भजनसंग्रहको पुस्तकबारे बारेमा जान्नै पर्ने २० तथ्यहरु  भजनसंग्रहको पुस्तकबारे बारेमा जान्नै पर्ने २० तथ्यहरु Reviewed by Sangam Shrestha on May 05, 2021 Rating: 5

1 comment:

Powered by Blogger.