के येशू साँच्चै मृत्युबाट पुनरुत्थान हुनु भएको हो ?

के येशू साँच्चै मृत्युबाट पुनरुत्थान हुनु भएको हो ?




            येशू साँच्चै मृत्युबाट बौरी उठ्नुभएको हो ? यदि उहाँ त्यसो हुनु नभएको  भए त ? यदि येशू मृत्युबाट बौरी उठ्नुभएको होइन भने हामीहरुले उहाँमा गरेको विश्वास व्यर्थ हुन्छ भनेर पावल १ कोरिन्थी १५:१४,१७ मा भन्छन् । यो कुरा ध्यान दिन आवश्यक छ कि धेरै जसो बाइबलीय विद्वानहरु यस कुरामा सहमत हुन्छन् कि नयाँ करारको लेखकहरुको मुख्य शिक्षाको केन्द्र्र बिन्दुको नै पुनरुत्थान हो ।[i]  र साथै सुरुका मण्डलीहरु र ईसाइहरुका शिक्षाको सार पनि यही थियो ।[ii]  पुनरुत्थान ईसाई विश्वासको केन्द्र विन्दु पहिले पनि थियो र अहिले पनि छ । यसैले ख्रीष्टियान रक्षाशास्त्री सेअन् र जोन म्याकडोवेल दावी गर्छन् “येशू ख्रीष्टको पुनरुत्थान र इसाईत्व सँगै खडा हुन्छ अथवा सँगै लड्छ ।  एउटा अर्को बिना सत्य हुन सक्दैन ।”[iii]  तिनीहरु एकै सिक्का २ पाटाहरु हुन् । अझ महत्वपूर्ण गरी रोमी १०:९ ले बताउँछ, परमेश्वरले येशूलाई मृत्युबाट पुनरुत्थान गरेको हो भन्ने कुरा विश्वास ग¥यौ भने हाम्रो उद्धार हुनेछ । जसले पुनरुत्थान र मुक्तिको बीचको ईश्वरशास्त्रीय सम्बन्धलाई प्रदर्शन गर्दछ । ग्यारी हेबर्मासले ठिकै भन्नु भयो कि पुनरुत्थान बिना सुसमाचारको प्रचार अपूर्ण हुनेछ ;यो बिना विश्वास, ईश्वरशास्त्र अथवा मण्डली हुने थिएन र ईसाइत्व नै निराधार र फलहिन हुनेछ ।[iv]  साथै नयाँ करारका विद्वान एन्.टी राईट भन्छन्, “येशूको जन्मको कथा हटाएमा तपाईंले मत्तीको २ अध्यायहरु र लूकाको २ अध्यायहरु गुमाउनु हुन्छ । पुनरुत्थानलाई हटाउनु होस् तपाईंले सबै नयाँ करार र प्रायः जसो दोस्रो शताब्दीमा मण्डलीका पिताहरु पनि गुमाउनु हुनेछ ।” यसैकारण पुनरुत्थान चाहिँ ईसाईहरुको विश्वासको मुटु हो ।

         

पुनरुत्थान र आश्चर्यकर्मः

            मृत्यु भएको व्यक्ति कसरी पुनजिवित हुन सम्भव छ ? हामी यस्तो युगमा बाचिँरहेका छौँ, जहाँ विज्ञान, दर्शन, तर्क र बिचारलाई बढी महत्व दिइन्छ । आश्चर्यकर्म र अलौकिक कुराहरुलाई अस्वीकार गरिन्छ । तथापि आश्चयकर्ममा विश्वास गर्नका लागि राम्रो कारणहरु मात्र होइन तर आश्चयकर्महरु चाहिँ हामीले सोचेको भन्दा धेरै गुणाले भई रहेका छन् ।[v]   ब्राउन लेख्छन्, ७३ प्रतिशत अमेरिकन मेडिकल डाक्टरहरुले आश्चर्यकर्म चंगाईमा आज पनि विश्वास राख्छन् ।[vi]  पुनरुत्थान जस्ता आश्चर्यकर्मका कारण नयाँ नियमलाई गैर–ऐतिहसिक वा अविश्वानिय स्रोतको रुपमा दाबी गर्नु ऐतिहासिक प्रमाणको आधारमा गरिएको तर्क होइन । यो तर्फचाहिँ भौतिकबादीय पूर्वानुमान र विश्व दृष्टिको परिणाम हो । नयाँ करारलाई अस्वीकार गर्नु अगाडी उनीहरुले आश्चर्यकर्म हुदैन भनेर प्रमाणित गर्नु पर्दछ तर यसलाई प्रमाणित गर्न अति गह्रो छ किनभने यसको पक्षमा प्रमाणहरु धेरै छन् [vii]।  इतिहासकार लिकोना भन्छन्, अलौकिक बस्तु हुदैन भनेर पूर्वानुमान गर्नु अथवा सुरुमानै अस्वीकार गर्नुको सट्टा... इतिहासकारहरुले खुल्लापनको स्थिति अपनाउनु पर्दछ र उचित मापदण्डको आधारमा अनुमानहरुको तौल गर्दै तथ्यहरु आफैँलाई बोल्न दिनु पर्दछ ।[viii] 

निष्कर्षः

            धेरै विद्धानहरुले येशू ख्रीष्टको पुनरुत्थानको अस्तित्व मेटाउनको लागि धेरै सिद्धान्तहरु विकास गरेता पनि इतिहासको पानाबाट यो घटनालाई मेटाउन सकेका छैनन् । यसैकारण गर्दा इसाईत्वको विकासको मुल कारण अरु विभिन्न माथिको भौतिकवादीय विचारहरु नभई कन येशूको पुनरुत्थान हो । ऐतिहासिक मापदण्डको आधारमा सबै माथिका विचारहरुलाई तौल गर्ने हो भने येशूको पुनरुत्थानको अगाडी यिनीहरु खडा हुन सक्दैन । त्यसैकारण येशूको पुनरुत्थान ऐतिहासिक तथ्थहरुको उत्तम व्याख्या हो ।

(यो लेख ख्रीष्टियान रक्षाशास्त्री सान्त तामाङ ज्यूले , "ख्रीष्टियान विश्वास बाैद्धिक विश्वास" नामक पुस्तकमा प्रकाशन गर्नु भएको छ । मैलै उहाँको लेखलाइ सम्पादन गरेर यहाँ हालेकाे हुँ ।)



[i] Gary R. Habermas and Michael R.Licona, The Case for the Resurrection of  Jesus (Grand Rapids:Kregel Publications, 2004), PDF e-book, Chap.1. 

[ii] N.T.Wright, Surprised by Hope : Rethinking Heaven, the Resurrection, and the Mission of the Church (New York: HarperCollins Publishers ltd.,2009), 42-43; Michael R. Licona, The Resurrection of Jesus:A New Historiographical Approach (USA:InterVarsity Press, 2010), 234-235; see also chapter 2 of  Sean McDowell, Fate of the Apostles:xamining the Martyrdom accounts of the Closest Followers of Jesus (England: Ashgate publishing limited, 2015),17-24.

[iii] Josh McDowell and Sean McDowell, Evidence For the Resurrection: What It Means for Your Relationship with God (Venture:Regal from gospel light, 2009), EPUB e-book, Section I, Chap.4.

[iv] Gary R. Habermas,  The Risen Jesus and Future Hope  (Lanham: Rowman and Littlefield, 2003), xii.

[v] Wright, Surprised, 43.

[vi] Candy Gunther Brown, Testing Prayer: Science and Healing (Cambridge, MA: Harvard University Press, 2012),1.

[vii] Ibid., see also Craig S. Keener, Miracles: The credibility of the New Testament Accounts (Grand Rapids, MI: Baker Academic, 2011) ; Lee Strobel, The case for Miracles: A Journalist investigates Evidence for the supernatural  (Grand Rapids, Michigan: Zondervan, 2018).

[viii] Licona, The Resurrection,175. 




About Author

Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com

            sthasangam333@gmail.com

Phone: 9861310079

Blogger: https://sangamshresth.blogspot.com


B.Th., M.Div.(Running), BSW (Running) Founder of Apologetics Faith's Channel and बाइबल र यसका सत्यता, and Also Author of  ख्रीष्टियान विश्वास, बाैद्धिक विश्वास ।

के येशू साँच्चै मृत्युबाट पुनरुत्थान हुनु भएको हो ? के येशू साँच्चै मृत्युबाट पुनरुत्थान हुनु भएको हो ? Reviewed by Sangam Shrestha on March 16, 2021 Rating: 5

No comments:

Powered by Blogger.