इम्माउको क्षेत्र काल्पनिक थियो वा वास्तविक ?

 इम्माउसकाे क्षेत्र के काल्पनिक स्थान हाे ?





बाइबलमा उल्लेख गरिएको इम्माउस भन्ने क्षेत्र अहिले वास्तवमा छ त के ? बाइबलका चार सुसमाचारका पुस्तकहरू मत्ती, मर्कूस, लूका र यूहन्ना मध्ये केवल लूकामा मात्र इम्माउकाे क्षेत्रकाे बारेमा उल्लेख गरिएको छ । यसैकारणले कति व्यक्तिहरूले यो इम्माउस भन्ने क्षेत्र एक काल्पनिक स्थान हाे भनेर बिरोध गरिरहेका थिए । किनकि पहिलो कुरा त यो स्थानकाे बारेमा केवल १ स्थानमा लूकाले मात्र उल्लेख गरेका थिए, दोस्रो कुरा, इम्माउस भन्ने स्थान कहाँ थियो भन्ने कुरा पत्ता लागेकाे थिएन । 

    भनिन्छ, सत्यलार्इ जति नै दवाउन खोजे पनि सत्य नै हुन्छ । यस्तै भएको छ यहाँ । केहि पुरातत्वविदहरूले वास्तवमा बाइबललमा उल्लेख भएकाे इम्माउकाे क्षेत्र र उही दुरीमा नै पत्ता लागेको कुरा बाहिर ल्याएका छन् ।

    पुरातत्वविदहरुको एउटा समुहले किरिअथ येअरिम (Kiriath Yearim) मा उत्खन्न गर्दै थिए । तर त्यहाँ अचम्म लाग्दो कुरा के भयो भने, उनीहरुले कहिले पनि कल्पना नै नगरिएका बाइबलमा उल्लेख भएको इम्माउसको क्षेत्रको बारेमा पत्ता लागेका कुरा गर्छन । उनीहरुले त्यहाँ करिब २,२०० बर्ष पुरानो किल्लाहरु भेट्टाए । सम्भवतः यो किल्लाहरु जनरल सेल्युसिड द्वारा निमार्ण भएको हुन सक्छ भन्ने कुरा उनीहरु विश्वास गर्छन् । उनीहरुले भेटिएका किल्लाहरु यरुशलेमबाट करिब ७ माइल को दुरीमा रहेको छ । ७ माइल बराबर ११.२६५४०८ किलोमिटर हुन्छ । यदि हामी लुका २४ः१३–३५ सम्मलाई अध्ययन गर्छौ भने हामीलाई यो विवरण थाहा हुन्छ कि येशूको पुनरुत्थान भएपछि येशू २ चेलाहरु यरुशलेमबाट इम्माउस तिरको टाढाको बाटोमा गईरहेको हुन्छ । लूका २४ः१३ पदलाई अध्ययन गर्छौ भने यरुशलेमबाट इम्माउस प्रायः ११ किलोमिटर टाढा पर्छ भनेर उल्लेख गरेको छ ।


उक्त स्थानलार्इ तल फोटोमा देख्न सक्छाैँ ।




ती पुरातत्वविदहरुले बाइबलमा उल्लेख भएको दुरीमा नै  इम्माउसको स्थान पत्ता लगाए । बाइबलमा प्रायः एघार किलोमिटर भनेर उल्लेख गरिएको छ भने उनीहरुले भने एघार किलोमिटरको दुरीमा नै यो स्थान पत्ता लगाए । तसर्थ हामी भन्न सक्छौँ कि बाइबलमा उल्लेख भएको स्थानहरु पक्का थिए । जसको खोजी पुरातत्वविद्हरुले लगातार गर्दै छन् र बाइबल सत्य हो भन्ने कुरा मानिसहरुले लगातार विश्वास गरिरहेका छन् ।


सन्दर्भ सामाग्रीः

https://www.premierchristianity.com/Past-Issues/2017/March-2017/9-archaeology-finds-that-confirm-the-New-Testament

https://en.wikipedia.org/wiki/Emmaus

https://en.wikipedia.org/wiki/Road_to_Emmaus_appearance

https://www.google.com/search?q=emmaus+in+bible&rlz=1C1ZKTG_enNP922NP922&sxsrf=ALeKk000rE7DvUcUM5X3NmQ4_vkaaLUtpQ:1615685416166&source=lnms&tbm=isch&biw=1360&bih=625#imgrc=Y8-fb_pYfSR63M


About Author
Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com

            sthasangam333@gmail.com

Phone: 9861310079

Blogger: https://sangamshresth.blogspot.com


B.Th., M.Div.(Running), BSW (Running) Founder of Apologetics Faith's Channel and बाइबल र यसका सत्यता, and Also Author of  ख्रीष्टियान विश्वास, बाैद्धिक विश्वास ।

इम्माउको क्षेत्र काल्पनिक थियो वा वास्तविक ? इम्माउको क्षेत्र काल्पनिक थियो वा वास्तविक ? Reviewed by Sangam Shrestha on March 13, 2021 Rating: 5

No comments:

Powered by Blogger.