I see My Country मैले देखेको मेरो देश - राजनीतिक अन्धकार यही देशमा छ

मैले देखेको मेरो देश

हो मैले देखे मेरो देश ७० करोडको घुस माग्ने देश
हो मैले देखेको देश जहाँ ३३ के.जी सुन ल्याउँदा नदेख्ने देश
तर गायकाको भिडियो देखाउँने देश

हो मैले देखेको देश गरिबीको रेखामुनी परेको देश
तर विदेशबाट नाङ्गाहरु किनेर ल्याउने देश
हो म गर्भ गर्छु मेरो देशमा विश्वको सर्वाेच्च शिखर सगरमाथा छ
तर के गर्ने नेपालमा मन्त्रीहरु सबै विदेशीको भरमा छ ।
हो मेरो देशमा सुन खानी छ, तेल खानी छ, तामा खानी छ, ढुङुगा खानी छ,
ग्यास खानी पनि छ तर भएर के गर्नु हाम्रा देशको नेताहरु सबै
घुस खाने छ ।
हो मेरो देशमा एशियाको ज्योति गौतम बुद्ध जन्मिएको देश हो तर जन्मिएर के गर्नु
राजनीतिक अन्धकार यही देशमा छ ।
हो मेरो हो, मेरै देश हो जहाँ राज नेताहरु भित्र भित्र मिल्छन् तर बाहिर
कुकुर र बिरालो झै चरित्र देखाउँछन् ।
हो मेरै देश हो आफ्ना स्वार्थ पूरा गर्नका लागि जनताको रगत बगाउँछन्
पछि ती मानिसहरुलाई शहिद घोषणा गर्न पनि हिच्किचाउँछन् ।
हो मेरै देश हो ।
मेरो देश जलस्रोत दोस्रो धनी देश हो तर भएर के गर्नु पानी जति सबै भारतलाई ठिक छ
धनी पनि यस्तो धनी कि किसानको पानी भएर बाली सुक्दै छ
भारतबाट मिठो चामल भनी किनेर ल्याउदै छ ।
हो मेरै देश हो । यो मेरै देश हो ।
उ बेला राजा भएर के भो र ?
अहिले हजारै राज नेता भएर के भो र ?
गरिब जहाँ थियो त्यही छ ।
यो मेरै देश हो । हो मेरै देश हो ।
जहाँ नदीलाई पूजा गरिन्छ तर मलाई बताउँनु होस
मेरो देशमा जति नदी फोहोर अरु कुन देशमा छ ?
हो मेरै देश हो ।
हो यो मेरो देश हो , मन्दिरको नाममा कराैडाैँ चन्दा र भेटी उठाँउने देश
तर बिपत्ती हुदाँ कुन दुलामा लुक्ने पुजाहारी भएको देश ।
मैले अाज सम्म सुनेको र देखेको छैन कि नेपालमा ठूला मन्दिर र पूजाहारीहरूले कुनै सामाजिक काम गरे भनेर किनकि त्यही भएको बागमती सफा गर्न पनि अरू नै अाउनु पर्ने ?
मस्जितले कमाउँछ ? चर्चमा काहाँ बाट डलर अाउँछ भनेर सोध्ने मेरो देश तर ती भगवानको नाममा चढाएको भेटी कुनै पनि अापत विपतमा प्रयोग नगर्ने मेरो देश ।



I see My Country मैले देखेको मेरो देश - राजनीतिक अन्धकार यही देशमा छ I see My Country मैले देखेको मेरो देश - राजनीतिक अन्धकार यही देशमा छ Reviewed by Sangam Shrestha on April 07, 2020 Rating: 5

No comments:

Powered by Blogger.