Never one understand Father story बा का मनका व्यथा कसैले बुझेन





 बा का मनका शब्द

Poor old man portrait public domain free photos for download ...


मैले धेरै पढेँ आमाका वेदनाका कथाहरू तर


कहिल्यै पढिन बा का अनुहारमा सलबलाएका

दुःखका बक्र रेखाहरू धेरै पटक कवीहरूले

आमाकै तारिफमा कविता कोरे, आमाकै गीतमा संगीत भरे

आमालार्इ धर्ती भन्नेहरूले बा लार्इ कहिल्यै आकाश भनेनन्

र त बा सधैँ ओझेल परे । हाम्रो अध्याँरो मेटाउन मैन

झै सधै जलिरहे, हाम्रो खुशी समेट्न मोनो नै जलिरहे, जिन्दगीभर
कुदीरहे,कुदिरहे ।
थाकेर सुइ नगरी, सधै एक्लै कुदीरहे, त्यसैले त
अग्लिदैछ , एक्लोपनको हिमाल बा को मन भित्र ।
र त बा करकलाको पातमा टलपल पानी झै आँशु टिल्पिलाएका
आँखामा निन्द्रा हराए पछि, खुसीहरूको शिला खोज्दैछन्,
परेलीका डीलहरूमा ।
बारीको डीलमा चुपचाप ठिङ्ग उभिएको बूढो रूख झै बा कहिल्यै
उभिएनन् । हो कहिल्यै उभिएनन् ।
भन्ञ्ङ्गको चैतारी झै, ढसमस्स कहिल्यै बसेनन्
बा कहिल्यै बसेनन् ।
बोल्दा बोल्दै भासिन्छ बा को स्वर, बोली बन्द हुन्छ
एका एक, थाहा पाउँछु म गला अबरूद्ध भएको
र पनि दबाएर सबै पिडा मुस्कुराएको अभिनय गर्छन् ।
म चिन्छु त्यो मुस्कान त्यो नक्कली मुस्कान बा को
होइन् हुदै हुदैन ।
फुङ्ग रङ उडेका उदासीका फुलहरू फुलेका छन्,
बा का मुहार भरी चाउरिए ग्राफ जस्ता गालाका रेखाहरूमा
कतै एक धर्को सन्तोष छैन .
कपला झरेर खुइलेका बा का तालुमा जिम्मेवारको
चर्को घामले उदाए देखि अस्ताए सम्म ठुङि रहन्छ ।
भित्र मन कता कता बिगत र आगतका उही
चिन्ताको पहाड उभिएको छ
र बा त्यही पहाडमा उभिएर संसार जितेको नाटक गर्छन् ।
अनि बाड्छन् हामीलाइ
पैचो मागेका खुशीहरू, तर यर्थाथमा बा सधै
हारी रहन्छन् । पलपल हारी रहन्छन् । मेरो लागि,
तिम्रो लागि र हाम्रो लागि, हो बा त्यो हरूवा हो, जो
सधै हारी रहन्छन्,
केवल सन्तानका लागि
केवल सन्तानको लागि ।।
Never one understand Father story बा का मनका व्यथा कसैले बुझेन Never one understand Father story बा का मनका व्यथा कसैले बुझेन Reviewed by Sangam Shrestha on April 23, 2020 Rating: 5

No comments:

Powered by Blogger.