Meaning oF 1 corinthians. १ कोरिन्थी ७:१ को वास्तविक अर्थ र अनुवाद


Image result for 1corinthians
१ कोरिन्थी ७:१ पदमा हामी धेरै इसाइहरु विवाद गरिरहेका हुन्छौँ । यसलाई बिभिन्न बाइबलमा हेछौँ भने यसमा दुई फरक तरिकाले अनुवाद गरेको पाइन्छ । हामी सत्य कुरा के हो सो हेर्ने छौँ वा सही अनुवाद कुन हो त्यस बिषय माथि चर्चा गर्ने छौँ ।
१..... पुरुषले स्त्रीलाई  नछुनु नै असल हो ।
२..... पुरुषले विवाह नगर्नु नै असल हो ।
          यी दुई मध्ये कुन चाहिँ सठिक अनुवाद हो भन्ने बिषयमा हामी कुरा गर्ने छौँ । हामीलाई यो थाहा हुनु पर्दछ कि सम्पूर्ण पवित्र शास्त्र बाइबल परमेश्वरको प्रेरणाबाट लेखिएको हो (२ तिमोथी ३:१६) । तर जब मानिसहरुले बिभिन्न भाषमा अनुवाद गर्दे गए तब कति गल्तीहरु भने अवस्य नै भए तर यसको अर्थ यो होइन कि बाइबल परिवर्तन गरियो । अनुवादमा समस्या भएता पनि पहिला लेखिएको पाण्डुलिपीहरु भने पूर्ण रुपमा भर पर्दा छन् । अनुवादमा समस्या हो तर पाण्डुलिपीहरुमा समस्या छैन । यसैले कहिले काही हामी कुन प्रकाशनको बाइबल सही हो भन्छौँ । हुन त सबै प्रकाशनको बाइबm सही छ तर तपाईं ठिक अझै राम्रो सँग जान्न चाहानु हुन्छ भने पुरानो करारको लागि हिब्रू बाइबल र नयाँ करारको लागि ग्रीक बाइबल पढ्नु पनै पर्छ । यस बाहेक अरु बिकल्प छैन ।
यसैले आऔँ १ कोरिन्थी ७:१ को वास्तविक अर्थ के हो त ?
१ कोरिन्थी ७ अध्याय नै पावलले स्पष्ट रुपमा ख्रीष्टियानको विवाहको सम्बन्धको लेखेका छन् । यस अध्यायमा ख्रीष्टियानले विवाह गरेको व्यक्ति सँग वाहेक अरु सँग यौन सम्बन्ध राख्नु हुदैन भन्ने सन्दर्भमा उल्लेख गरेका छन् । उनले यहाँ विवाह र ती दुई हुने यौन सम्बन्धको बारेमा उल्लेख गरेका छन् । कोही कोही ईश्वरशास्त्रीहरुले विश्वास गर्छन कि पुरुषहरुले विवाह नगर्नु असल हो भन्ने वाक्य कोरिन्थीहरुले आफ्ना पत्रमा पावललाई  लेखेका थिए र पावलले प्रश्नको छलफल गर्दा यसलाई उल्लेख गरेका थिए । पुराना अनुवादकहरु कुनै स्त्रलाई नछुनु भनेका छन् ।
          शुरुको ग्रीक मुल ग्रन्थको अर्थ पनि यही हो । स्त्रीलाई नछुनु । स्त्रलाई नछुनु भन्नुको अर्थ चाहिँ बाइबल अनुसार यौन सम्बन्धको कार्यलाई सम्बोधन गथ्र्याे (उत्पति २०ः६, हितोपदेश ६ः२६) । यसैले पुरुषले विवाह नगरेको असल हो भन्नु भन्दा नछुनु चाहिँ सही अनुवाद हो ।

सन्दर्भ सामाग्री
कोरिन्थीहरुलाई पत्रहरु , आई.सी.आई युनिभर्सिटी, काठमाण्डौँ नेपाल
पवित्र बाइबल,नेपाल बाइबल सोसाइटी



अधिक जानकारीको लागीः

Name: Sangam Shrestha
Email: shresthasangam333@gmail.com
            sthasangam333@gmail.com
Phone: 9861310079
blogger URL: https://sangamshresth.blogspot.com/?zx=cabfa43e17f0957f
Youtube: https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ?view_as=subscriber



Meaning oF 1 corinthians. १ कोरिन्थी ७:१ को वास्तविक अर्थ र अनुवाद Meaning oF 1 corinthians. १ कोरिन्थी ७:१ को वास्तविक अर्थ र अनुवाद Reviewed by Sangam Shrestha on March 06, 2020 Rating: 5

No comments:

Powered by Blogger.