के इसाइहरुले सेकुलर गीतहरु सुन्न र गाउन हुन्छ ?


के इसाइहरुले सेकुलर गीतहरु सुन्न र गाउन हुन्छ ?
🔝Please Follow
song emigको लागि तस्बिर परिणाम

बर्तमान समयमा सबै भन्दा बढी जवानहरुको माझमा गरिएको प्रश्न हो । के इसाइाहरुले सेकुलर गीत सुन्न हुन्छ ?
यस बिषयमा बाइबलले के भन्छ? बाइबलको इतिहासलाई हेछौँ भने उत्पत्ति ४ः२१ मा लेखिएको छ, “...यूबाल...तिनी चाहिँ वीणा र बासुरी बजाउनेहरु सबैका पुर्खा भए ।
हामले बुझ्नु पर्ने सबै भन्दा महत्वपूर्ण कुरा के हो भने संगीतको सुरुवात नत सेकेलस बाट भयो नत अन्सेकुलस बाट तर संगीतको सुरुवात छ स्वर्गबाट सुरु भयो ।
मण्डलीमा हाम्रा अगुवाजनहरुले पनि भनि रहनुभएको हुन्छ कि ख्रीष्टियान गीत बाहेक अन्य गीत सुन्न हुदैन । यो सेकुलर गीत हो, यो शैतानीक गीत हो भनी भन्ने गरेको पनि कहिले काही सुन्छौँ । तर सम्पूर्ण बाइबलमा हेर्ने हो भने गीत सेकुलर र नन्सेकुलर हुन्छ भनेर भनेको छैन ।
एक प्रश्न म सोध्न चाहान्छु, के गीत पनि सेकुलर र नन्सेकुलर हुन्छ र ? यदि हुन्छ भने,
तपाईले दैनिक रुपमा खाने खाना सेकुलर हो कि नन् सेकुलर ?
तपाइईंले लगाईरहनु भएको लुगा सेकुलर हो वा नन सेकुलर ?
प्रिय मित्र यति धेरै आत्मिक पनि नबन्नुहोस् । जब हामीले प्रभु येशूलाई विश्वास गर्दछौ तब हामी परमेश्वरको सन्तान हुन्छौ तर यसको अर्थ यो होइन कि संसार सँग अब हाम्रो कुनै सरोकार छैन । हामीले हाम्रा हिन्दु साथीहरुलाई नराम्रो देख्ने । के बाइबलले यस्तो सिकाउँछ ?
प्रिय मित्र गीत सेकुलर वा नन्सेकुलर हुदैन तर खराब र असल हुन्छ । कुन सुन्न हुन्छ र कुन हुदैन त्यसको फरक छुट्याउनु पर्दछ ।
सम्बन्धित छवि
यदि हामीले ख्रीष्टियन भजन बाहेक अन्य गीत गाउन हुदैन भनी प्रचार गर्दछौँ भने, हामीहरुले राष्ट्रिय गाना (सयौँ थुङ्गा फुलका हामी) भनेर गाउन पनि हुदैन । हामीले आमा बुबालाई आदर गर्ने गीत पनि सुन्नु र गाउनु हुदैन ।
याद गरौँ हामी संसारमा छौँ र हामी शरीरमा छौ र समाजमा बसिरहेका छौँ हो हामीले येशूलाई विश्वास गरेका छौँ तर यसको अर्थ यो होइन कि हामी पूरै आत्मिक भयौ र अरुलाई अनात्मा देख्न थाल्यौ । हामीले नराम्रो र समाजमा गलत नतिजा र अर्थ जाने गीत सुन्न र गाउँनु हुदैन । तर ख्रीष्टियान भजन बाहेक अरु सुन्न हुन्न भन्नु चाहिँ गलत हो ।
अझै पनि गाउनु हुदैन भनी भन्नु हुन्छ भने याद गर्नुहोस तपाईंले हिन्दू, मुस्लिम वा अन्य कुनै पनि धर्म माथि विश्वास राख्ने हाम्रो साथीहरुलाई कसरी सुसमाचार सुनाउँने ?
याद गर्नुहोस अरुको आस्था माथि बिरोध गरेर आफ्नो राम्रो हो भन्नु चाहिँ संसारको सबै भन्दा दुष्ट मानिस हो । अरुलाई बिरोध गरेर हामीले कहिले पनि सुसमाचार प्रचार गरी प्रभुमा ल्याउन सक्दैनौँ । यसैले गीत सेकुलर र नन्सेकुलर भन्दा पनि असल र खराब हुन्छ । ख्रीष्टियान भजन बाहेक अरु गीत असल हुदैन भन्न मिल्दैन । हो कति खराब र अस्लील शब्दहरु भएको गीत पनि छन् । यस्तो गीतले समाजमा र हाम्रो जीवनमा केही सुधार हुदैन । तर राष्ट्र भक्तिको गीतहरुले मानिसलाई राष्ट्र प्रति प्रेम जगाउँछ ।
गीत सेकुलर र नन्सेकुलर सँग जोडिएको हुदैन तर गीत हृदयको मनोभाव सँग जोडिएको हुन्छ । यसैले हामी सुन्न हुदैन भनी भन्छौँ भने त हामी समाज बाट पूर्ण रुपमा अलग रहनु पर्दछ ।
हामी हाम्रो देश सबै मिलेर सुन्दर बनाउँनु पर्दछ । मण्डलीमा एकताको कायम राख्नु पर्दछ ताकिँ मण्डलीमा अनाउनु भएको साथीहरुले पनि प्रभुको प्रेमलाई बुझ्न सक्नु हुनेछ ।
तर
संसारमा धेरै गीतहरु रहेको पाइन्छ ती सबै गीतहरुलाई २ वटा भागमा बिभाजन गर्न सकिन्छ । १ असल र २ मा खराब । हामी कस्तो गीत सुन्न मन पराउँछौँ । मैले खराब गीत गाउन र सुन्न हुन्छ भन्न खोजेको होइन । यस्तो गीत गाउन त परै होस तर सुन्न पनि हुन्न तर समाजलाई एकतामा ल्याउने, देश भक्तिको गीत, आमा बुबा प्रति आदर, सम्मान र माया सम्बन्धी गीत आदी जसले अरुलाई चोट पुराउदैन र समाजलाई अलस स्थान ति लैजाने गित छ भने गाउँन र सुन्न हुन्छ ।
यो मेरो बिचार हो । यो नै ठिक हो भनेर भन्न खोजेको होइन तर यदि हामी समाजलाई सही दिशा तर्फ र समाज सँग असल सम्बन्ध स्थापित गर्न चाहान्छौँ भने समानताको व्यवहार त गर्नु नै पर्दछ । कसैको आस्थामाथि चोट पुराउने गीत पनि गाउन हुदैन ।
हामी इसाइ मानिस समाजमा बस्ने शारीरिक प्राणी हो जस सँग आत्मिक जीवन पनि रहेको छ र बाताबरण अनुसार, संस्कृति र भुगोल अनुसार बाइबलीय शिक्षालाई लागु गर्दै जानु पर्दछ । समाजमा असल वातावरणको सिर्जना गरी परमेश्वरको राज्यको स्थापना गर्नु पर्दछ ।




hank you For Reading
Please Share 
अध्ययन गरिदिनुभएकोमा धन्यवाद 
परमेश्वरले अाशिष दिनुभएको होस् ।





Name: Sangam Shrestha
Email: sthasangam333@gmail.com
Church: Faith's Church
Facebook:Sangam Shrestha
Youtube Channel: Faith's Chanal
https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ?view_as=subscriber


                                                                          

के इसाइहरुले सेकुलर गीतहरु सुन्न र गाउन हुन्छ ? के इसाइहरुले सेकुलर गीतहरु सुन्न र गाउन हुन्छ ? Reviewed by Sangam Shrestha on February 03, 2020 Rating: 5

No comments:

Powered by Blogger.