Writer:Sangam Shrestha.
मण्डली इतिहासलाई
हेर्दा विभिन्न समयवधिमा कहिले देखि कहाँ सम्म,
कोद्वारा,
के कस्ता कार्यहरु भए केवल
मण्डली इतिहासले समेट्दै आएको पाइन्छ । येसु ख्रिस्टको समयमा,
उहाँले जे गर्नुभयो सो
कुराको विवरण अत्यन्तै छोटकरीमा सुसमाचारका पुस्तकहरुबाट अध्ययन गर्न सकिन्छ ।
वास्तवमा यो नै मण्डली इतिहासमा येसु ख्रिस्टको युग हो । यस युगलाई बिं.सी ४ देखि
ए.डि २९–३० सम्मलाई दिन सकिन्छ । यसपछाडि क्रमश विभिन्न युगहरुको शूरु भएको र
त्यहि समयमा उतm अवधिको अन्त्य भइ, अर्काे नयाँ युगको थालनि भएको कुरा मण्डली इतिहासको
अध्ययनबाट थाहा गर्न सक्छौं । ति युगहरको विषयमा क्रमश छोटकरीमा हामी यहाँ टिपोट
गर्नेछौं ।
१. प्रेरितहरुको युग
( ए.डि ३०–१००) ( येसु ख्रिस्टको स्वर्गरोहण देखि यूहन्नाको मृत्यु सम्म)

२. सतावटको युग (ए.डि
१००–३१३) (प्रेरित यूहन्नाको मृत्यु देखि लिएर सम्राट कन्स्टेन्टाइनको उर्दि सम्म)

३. साम्राज्यको युग
(ए.डि ३१३–४७६) (कन्स्टेन्टाइनको उर्दीदेखि रोमी साम्राज्यको अन्त्य सम्म)
ः– सतावटमा परेका
मण्डलीको अब साम्राज्य मण्डलीमा परिणत भयो, रोमी साम्राज्यको चिन्ह चिलको सट्टा क्रुष भयो । र ईसाइ
धर्म नै साम्राज्यको एक धर्म भयो । कन्स्टेन्टीनोपल रोमी साम्राज्यको नयाँ राजधानी
भयो र रोम चाहिँ मण्डलीको केन्द्र भयो । धेरै राष्ट्रहरुले रोम राज्यलाई विभिन्न
समयमा आक्रमण गरेका थिए । जुन–जुन राष्ट्रहरुले रोममा आक्रमण गरे ति ति
राष्ट्रहरुमा ठिक उल्टो परमेश्वरको राज्यको वृद्वि भयो । केहि समय पछि रोमको पतन संगै साम्राज्य युगको
पनि अन्त्य भयो ।
४. मध्ये युग (ए.डि
४७६–१५१७) (रोमको पतन देखि महान सुधारक मार्टिन लुथरको समय)
ः– रोमको पतन पछि
१००० वर्षको अवधीलाई मध्ये युगको अवधी भनिन्छ । युरोप महादेशमा थुप्रै राष्ट्रहरु
भएकोले एउटै शक्तिद्वारा नियन्त्रन गर्न गाह्रो परिरहेको थियो । र त्यहाँ कुनै
मेलमिलाप थिएन । फलस्वरुप धेरै राष्ट्रहरु स्वतन्त्र भए यहि समयमा पोपहरु मण्डलीमा
देखा परेका थिए । यीनै पोपहरुले
साम्राज्यको राजनैतिक अधिकार र आत्मिक अधिकार दुबै चलाउँथे । यही अवधीमा इस्लाम
धर्मको उदय भयो, धार्मीक युद्वहरु भयो साथ साथै पवित्र रोमको राज्यको पनि
स्थापना भयो । यहि अवधीमा मण्डलीमा भ्रष्टचार,
अनैतिकता,
राजनिती र पोपहरुको
बाहुल्यता रह्यो ।
५. सुधारको युग (ए.डि
१५१७–१६४८) (महान सुधारक लुथरदेखि लिएर अन्तिम ३० वर्षको धार्मीक युद्व सम्म)
ः– विभिन्न कुराहरुको
सुधार हुनुपर्छ भनेर मध्ये युगदेखि नै प्रयास भइरहेको थियो । तर त्यो सुधार ए.डि
१५१७ मा आएर शुरु भयो । जब मार्टिन लुथरले (विटन वर्ग) को मण्डलीको ढोकामा ९५
बुँदा टाँसीदिए तब मण्डली सुधारको कदमहरु अगाडि बढेको देखिन्छ । यहि अवधीमा युरोप
बाहिरका मण्डलीहरुले रोमनक्याथोलीक मण्डलीबाट स्वतन्त्र भएर एउटा छुट्टै र पवित्र
मण्डली स्थापना गर्ने विचार गरे । यहि अवधीमा क्याथोलिक मण्डलीमा पनि सुधार भयो ।
६. आधुनिक युग (ए.डि
१६४८– अहिले सम्म) (३० वर्षको धर्मीक युद्वको अन्त्यदेखि अहिले सम्म)
ः– यस अवधीमा विभिन्न
समुहहरुले मण्डलीलाई घचघच्याको पाइन्छ । यहि अवधीमा विभिन्न मण्डलीहरुले
मिसेनरीहरु पठाउन शुरु गरेको पनि पाइन्छ । साथै मण्डली मण्डलीमा विभाजन भन्दा पनि
मण्डलीको एकता ल्याउन खोजेको जस्तो देखिन्छ ।
Thank you For Reading
Please Share
अध्ययन गरिदिनुभएकोमा धन्यवाद
परमेश्वरले अाशिष दिनुभएको होस् ।
इसाइ मण्डली इतिहासको युगहरू
Reviewed by Sangam Shrestha
on
February 03, 2020
Rating:
No comments: