के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ)


के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ)



केही प्रश्न र उत्तरः 


प्रश्नः  के १० वटा बादरहरुले १० बर्ष सम्म १० वटै किवोटमा टाइप गरेर एउटा नयाँ र अध्याधिक प्रभावशाली पुस्तक लेख्न सक्छ ?
प्रश्नः यदि १० बर्ष सम्म बादरले त एउटा पुस्तक लेख्न सक्दैन भने के यो सम्पूर्ण विश्व त्यसै बन्यो भन्ने कुरामा विश्वास गर्नु सक्नुहुन्छ ?
प्रश्नः त्यसो भए के परमेश्वर हुनुहुन्छ भनेर अनुभव गरेका छौँ त ?
उत्तरः  छैन । 
प्रश्नः त्यसो भए कसरी परमेश्वर हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्ने त
प्रश्नः जब सम्म अनुभव नै गरेको छैन त किन परमेश्वर हुनुहुन्छ भन्ने कुरा मान्नु
प्रश्नः तब कसरी विश्वास गर्ने कि परमेश्वर हुनुहुन्छ ?
प्रश्नः  किनकि उहाँलाई हामीले अनुभव गर्न सक्दैनौ वा छुन सक्दैनौँ ?

प्रश्नः यसको एक तार्किक उत्तर छ । कसैले बिष खायो भनेर कसरी थाहा  हुन्छ
उत्तरः त्याे व्यक्ति  
मर्छ ।
प्रश्नः  कसरी थाहा भयो के कैले अनुभव गर्नुभएको छ
प्रश्नः  कसरी बिष खाए भने मर्छ भनेर थाहा भयो 
उत्तरः डाक्टरले भने, मरेको व्यक्ति साक्षी छ । यी बिभिन्न मानिसहरुले भनेको आधारमा उ बिष खाएर मरे ।

निष्कर्षः
                                     त्यसो भए परमेश्वर हुनुहुन्छ भन्ने कुरा पनि हामीलाई बाइबलले भन्दछ । हाम्रो साक्षी र प्रमाण यही हो ।


हामीले काम गर्दा पसिना बाहिर निस्कन्छ तर नुहाउँदा किन पानी छालाबाट भित्र जादैन । कस्तो अदभुत छ हाम्रो शरीर । के यो त्यसै हुन सक्छ ?
 यस्तै हरेक देश चलाउने एक जना हुनुन्छन् त्यस्तै यो संसार चलाउने पनि एक जना हुनुहुन्छ जसलाई हामी परमेश्वर भन्छौँ ।

परमेश्वरले बनाउनु भएको कुरामा कुनै पनि गल्ती हुदैन । के कहिले सुन्तलाको रुखमा स्याउ फल्छ ? के नासपतिको रुपमा आरु फल्छ ? कहिले फल्दैन । त्यसमा कलमी नबाधे सम्म फल्दैन । परमेश्वरले कहिले पनि गल्ती गर्नुहुन्न । मानिसले चाहिँ केवल बनाउन  मात्र सक्छ तर सृष्टि गर्नुहुने चाहिँ परमेश्वर मात्र हुनुहुन्छ ।

परमेश्वरको इच्छा बिना पात पनि हल्लिदैन ।

यस्तै परमेश्वर हुनुहुन्छ भन्ने अर्को तार्किक उत्तरः
हामीले कुन बर्ष मा बनेको मोबाइल प्रयोग गछौँ
कसैले २०१५, कसैले २०१६, कसैले २०१७, कसैले २०१८, कसैले २०१९ । एउटै कम्पनीको मोइबल किन नयाँ नयाँ प्रयोग गर्नुहुन्छ ? पुरानोमा केही कमजोरी थियो त्यसैले नयाँ प्रयोग गरिन्छ ।
त्यसो भए मानिस पहिला कस्तो थियो ? के तपाईको नाक पछाडी थियो ? के तपाईको आखाँ खुट्टामा थियो १००० बर्ष पहिले के तपाईको कान हातमा थियो । थिएन । मानिसले बनाएको बस्तुमा कमि कमजोरी हुन्छ तर परमेश्वरले बनाउनु भएको कुरामा कुनै कमी कम्जोरी हुदैन कारण उहाँ महान सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ । मानिसहले बनाएको हरेक सामान नयाँ वा पहिलामा भएको कमी लाई सुधार गरेर नयाँ बनाउँछन
 तर परमेश्वरले आज भन्दा धेरै पहिला नै मानिसलाई सृष्टि गर्नुभएको थियो । उहाँको सृष्टिमा केही कमजोरी थिएन र छैन आज भन्दा १००० बर्ष अधिको मानिसको पनि टाउको मा नै आखा थियो र आज पनि त्यही नै छ र भबिष्यमा पनि यही नै हुनेछ । 

परमेश्वरको अस्तित्वः
परमेश्वरको अस्तित्वको बारेमा तर्कहरुः
परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न भनेर इतिहासको समय देखि नै एउटा बहसको विषय बन्दै आएको छ । अझ कार्लमाक्स भन्दछन्,जसले परमेश्वर छ भनेर विश्वास गर्छ त्यसको मानसिक सन्तुलन ठिक छैन किनकि त्यसले नभएको कुराको विचार गर्छ ।” आजको समयमा झन परमेश्वरको बारेमा कुरा गर्नुलाई मानिसले भ्रमको कुरा ठान्छन् । विज्ञानले, विद्धानहरुले, दार्शनिकहरुले परमेश्वरको अस्तित्वलाई इन्कार गर्छन वा सजिलै स्वीकारदैनन् , त के यस्तो अवस्थामा हामी परमेश्वर हुनुहुन्छ भनी भन्न सक्छौँ ।
                                     जवाफः सक्छौँ । कसैले भनेका छन् कि कसैको विचारमा आएर परमेश्वरको बारेमा प्रश्न सोधिको होइन तर सारा संसारमा उहाँको अदभुत उपस्थितिले परमेश्वरको बारेमा ज्ञान भएर नै यो प्रश्न आएको हो ।
संसारले मान्ने ४ कुराहरु
१.यो सारा संसार भ्रम मात्र हो ।
यो एक पुवीर्य दर्शन हो । तर यो संसार र हामी भ्रम होइन । यो कुनै सपना होइन यो वास्तवीक हो । एक दर्शन शास्त्री Rene Descartes ले भन्दछन्, “म सोच्छु र म छु, म सोच्न सक्छु त्यसैले म एक भ्रम होइन ।” भ्रम हुनलाई त्यहाँ केहि भ्रमको अनुभव हुनुपर्छ । त्यसैले हामी आफु अस्तित्वमा भएको कुरालाई विना शंका स्वीकार्न सक्छौँ ।

२.यो संसार आफै बनेको हो ।
हामी अहिले संसारलाई हेछौँ भने कुनै पनि कुरा आपैm आएको होइन । त्यँहा बनाउने व्यक्ति छ । योे सारा ब्रमाण्ड पनि आपैm आयो भन्नु घामलाई हत्केलाले छेक्नु जस्तै हो ।
३.यो संसार पहिले देखि नै यस्तै थियो ।
यो पनि गलत हो अहिले वैज्ञानिकहरुले पत्ता लगाएका छन् कि यो संसारको आयु छ र यो घट्दै गइरहेको छ । यदि अन्त्य छ भने सुरुवात पनि छ र सुरुवात छ भने सृष्टिकर्ता पनि पक्कै हुनुपर्छ ।
४.यो कसैद्धारा महान मगजले बनाइएको हो ।
एक दार्शनिकले भनेका छन् कि यो आफैमा यो प्रमाण हो कि एउटा महान मगजले मात्रै अर्को मगज बनाउन सक्छ ।


यदि परमेश्वर छन् भने यति विशाल ब्रहमाण्ड र यहाँको हरेक थोक बनाउनु हुने परमेश्वर कस्तो हुनु पर्छ ।

१.उहाँ अलौकिक हुनुहुन्छ । उहाँले समय र अन्तरिक्ष सृष्टि गर्नु भयो ।
२.उहाँ शक्तिशाली हुनुहुन्छ ।
३.उहाँ अनन्त हुुनुहुन्छ
४.उहाँ सर्वव्यापि हुनुहुन्छ । उहाँले सबै थोक बनाउनु भयो तर उहाँ यसको नियम भित्र हुनुहुन्न ।
५.उहाँ अभौतिक हुनुहुन्छ किनकी उहाँ एक ठाउँबाट अर्को ठाउँमा सजिलै जानुहुन्छ ।
६.उहाँ व्यक्ति हुनुहुन्छ । निर्जीवले सजिब बनाउन सक्दैन ।
७.उहाँ असिमीत हुनुहुन्छ
८. उहाँ एक बुद्धिमान व्यक्ति हुनुहुन्छ ।
९.उहाँ एक उद्देश्य मुलक व्यक्ति हुनुहुन्छ । उद्देश्य विहिन व्यक्तिले उद्देश्य सहितको संसार बनाउन सक्दैन ।
१०.उहाँ नैतिकवान व्यक्ति हुनुहुन्छ ।
११.उहाँ वास्ता गर्ने व्यक्ति हुनुहुन्छ ।


परमेश्वर हुनुहुन्छ भन्ने विषयमा चार तर्कहरु
१.     ब्रहमाण्ड सम्बन्धि तर्कः
यसलाई कारणको तर्क पनि भनिन्छ । ब्रहमाण्ड सम्बन्धी तर्कले यो कुरालाई जोड दिन्छ कि त्यसको कुनै कारण छ । जब हामी यो ब्रहमाण्डलाई नियालेर हेछौँ हामी यो आपैm आएको हो भनेर कसरी भन्न सक्छौँ ? यो ब्रहमाण्ड बनाउने पनि कोहि हुनुपर्छ र बनाउने व्यक्ति परमेश्वर पनि पक्कै हुनुपर्छ (भजनसंग्रह १९ः१,रोमी १ः१९,२०) ।

२.उद्देश्यमुलक तर्कः
हामी यो संसारको ढाँचा बनाउने र व्यवस्थित गर्ने कुराहरुमा परमेश्वरको कामलाई देख्न सक्छौँ । त्यस्तै हामी उद्देश्यमुलक तर्कमा परमेश्वरले यो संसारलाई बनाउनु भएको ढाँचा र यसको व्यवस्थित कुराहरुलाई हेरेर उहाँको उपस्थितीलाई देख्न सक्छाँै । यो संसारमा भएको हरेक कुराको कुनै न कुनै उद्देश्य छ र यो संसार जीवनको निश्चित छ । जुन कुरालाई हामी योजना गरेर कसैले बनाइ दिएको कुरालाई देख्न सक्छाँै (रोमी १ः२०,भजनसंग्रह ८ः३) । 

३.तत्व शास्त्र÷विश्वासको शास्त्रः
परमेश्वर हुनुहुन्छ भन्ने विचार आपैmमा उहाँ हुनुहुन्छ भन्ने प्रमाण हो । हरेक मानिसमा परमेश्वर हुनुहुन्छ भन्ने चेतना छ र उहाँ हुनुहुन्छ भनेर प्रमाणीत गर्न र विचार गर्न थाल्छ । यो पहिलो र दोस्रो तर्कको मिश्रण जस्तै हो तर यो विचारलाई प्रयोग गर्दा होसियार हुनुपर्छ किनकी कतिले उहाँ हुनुहुन्छ भनेर विश्वास गर्दैन ।

४.नैतिक तर्कः
नैतिक तर्कले मानिसमा ठिक बेठिकको चेतना र ठिक न्याय गर्ने एक व्यक्ति हुनुपर्छ भन्ने सोच्दछ भने त्यहाँ ठिक बेठिकको स्रोत परमेश्वर हुनुपर्छ भनेर मान्नु उचित हुन्छ । साथै एक दिन सबैको न्याय हुन्छ भनेर पनि सोच्दछ (२ कोरिन्थी २ः१४–१६)। हामी संसारमा भएको व्यक्तिलाई हेछौँ भने ठुलो सहर देखी साना गाँउको वस्ती जसको अरु संग सम्पर्क छैन । त्यस्ता व्यक्तिहरुको पनि नैतिक कुराकहरु समान छन् र त्यो नैतिक कुराको स्रोत हुनुपर्छ र उहाँ परमेश्वर हुनुहुन्छ ।


परमेश्वरको अस्तित्वः
                                     इसाईहरुको लागी परमेश्वर हुनुहुन्छ भनेर अर्को प्रमाण पनि छ जुन उहाँले दिनुभएको प्रकाश बाइबल हो ।


परमेश्वर को हुनुहुन्छ ?

🔻🔻🔻🔻

हाँ सबै थोकको कारण हुनुहुन्छ । उहाँ आफैमा हुनुहन्थ्यो उहाँलाई कसैले बनाएको होइन । उहाँ सबै थोकका सृष्टिकर्ता हुनुहुन्छ ।

⥮⥮

                                     यी माथिको अधिक विवरणहरुद्धारा हामी निश्चित साथ भन्न सक्छौँ कि परमेश्वर हुनुहुन्छ । परमेश्वर देखिनु हुन्न र हामीले छुन सक्दैनौ यसैले उहाँ हुनुहुन्न भनी भन्छौ भनेता हामीले हावालई पनि देखेका छैनौँ । हामीले प्रेम, मायाँ, दाया, कृपालाई पनि देखेका छैनौँ । कति पय बस्तुहरुले अस्तित्वमा नभएपनि छ भन्ने कुरामा विश्वास गर्दछौँ भने परमेश्वर हुनुहुन्न भनी कसरी थाहा भन्न सक्छौँ । संसारमा कुनै बस्तु आफै बन्दैन तर परमेश्वरले पृथ्वीको सृष्टि गर्नुभयो । परमेश्वर हुनुहुन्छ भनेर जति विश्वास गर्नको लागि प्रमाणहरु चाहिन्छ त्यो भन्दा कयौ गुणाबढी परमेश्वर हुनुहुन्न भन्ने कुरामा विश्वास गर्न प्रमाणहरु चाहिन्छ ।
                                     तर महत्वपूर्ण कुरा के हो भने कुनै पनि व्यक्तिले परमेश्वर छैन भने पनि जीवनको कुनै न कुनै मोडमा परमेश्वरको नाम पक्का लिन्छ । डार्बिन, ली, अगस्टिन, ीभ्भ् क्त्च्इद्यभ्ी यसका केही उदाहरणहरु हुन् यस्ता प्रमाण हामीहरुको मााझमा धेरै नै छन् । उदाहरणको लागि नेपाल ख्रीष्टियन महासंघको अध्यक्ष ज्यू पनि एक नास्तिक नै हुनुहुन्थ्यो । यस्ता उदाहरणहरु कयौँ छन् ।
कसैले भने परमेश्वर छैन ।
तपाईं कसरी भन्नु हुन्छ परमेश्वर छैन भनेर । कुनै पनि बस्तु अस्तित्वमा नभए सम्म मानिसहरुलाई थाहा हुन्न् तपाई आफै परमेश्वर भन्ने शब्द उच्चारण गर्नुहुन्छ भने कसरी छैन भन्न सक्नु हुन्छ । तपाईंको प्रश्नमा नै उत्तर छ । कुनै पनि बस्तु अस्तित्वमा नभएसम्म यसको बारेमा कुरा गरिदैन । कुनै प्रमाणको आधारमा मात्र कुरा गरिन्छ । आज भन्दा १००० बर्ष अगाडी मोबाइबलको कुरा गरिदैन थियो तर अहिले गरिन्छ किनकि त्यस बेला मोबाइल भन्ने नामको पनि उत्पति भएको थिएन । आज हामी बिभिन्न सभ्याताहरुको कुरा गछौँ तर आज त्यो सभ्याताहरु मध्ये कति छैन तै भएपनि थियो भनी विश्वास गछौँ । यस्तै परमेश्वर पनि हुनुहुन्छ । हो हामी उहाँलाई देख्न सक्दैनौ तर यसको अर्थ यो होइन कि उहाँ हुनुहुन्न । उहाँ नदेखिनु भएता पनि उहाँ हुनुहुन्छ ।
                                     अन्त्यमा परमेश्वर हुनुहुन्छ भन्ने तथ्थको स्पष्ट साक्षी दिने मानिसहरुका आन्तरिक चेतनाको अतिरिक्त, उहाँका अस्तित्वको प्रस्ट प्रमाण धर्मशास्त्र र प्रकृतिमा देखिँदछ ।








अरूलाइ पनि सेयर गरिदिनुहाेला ।

अधिक जानकारीको लागीः

Name: Sangam Shrestha
Email: shresthasangam333@gmail.com
            sthasangam333@gmail.com
Facebook: Sangam Shresth
Phone: 9861310079
blogger URL: https://sangamshresth.blogspot.com
Church: Faith's Church, Lalitpur,Harisiddi

के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ) के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ) Reviewed by Sangam Shrestha on January 06, 2020 Rating: 5

No comments:

Powered by Blogger.