बाइबल अध्ययन इसाइहरुको लागि बाध्यता वा आवश्यकता ?

बाइबल अध्ययन इसाइहरुको लागि बाध्यता वा आवश्यकता ?

(यो लेख इसाइहरूको लागि मात्र हो । Only For Christian )











यस लेख सुरु गर्नु भन्दा पहिला एक लेख माथि ध्यान दिऊ


आदम र हव्वाले पाप ग¥यो भन्दैमा
उत्पतिको पुस्तकलाई नहेप,
मोशाले रिस ग¥यो भन्दैमा
प्रस्थानको पुस्तकलाई नहेप,
हारुन,पूजाहारी वा लेवी भन्दैमा
लेवीको पुस्तकलाई नहेप,
प्रभुको सन्देश र आज्ञाहरु छन् भन्दैमा
व्यवस्थाको पुस्तकलाई पढी आज्ञापालन
गर्न नछोड,
Image may contain: 1 person, smiling, standing and outdoorयहोशूले पर्खाल भत्कायो भन्दैमा
यहोशूको पुस्तक पढी यहोशू जस्तै बन्न नछोड,

येशू ख्रिस्टले सुसमाचार सुनाउन र पाप उठाइलैजानु भयो भन्दैमा
मत्तीमर्कूस,लूका र यूहन्नाका पुस्तकलाई प्रेम गर्न नछोड,
यो त आज तिमी र मेरो हो भन्दैमा,
त्यसलाई सुन्न नछोड ।
(उक्त माथिको लेख पावल थियोलोजिकल सेमिनारीमा अध्ययनरत विद्यार्थी योकेवेद थापाको लेख बाट अनुदित गरिएको हो । )

ईसाईहरुको लागि बाइबल निकै महत्वपूर्ण धर्म पुस्तकको र एक मात्र धर्मपुस्तकको रुपमा हेरिन्छ । बाइबल इसाईहरुको लागि भरोसा योग्य पुस्तक मात्र होइन तर यो त परमेश्वरको समिप जान उत्तम मार्ग बताउने र परमेश्वरको महान र उदेकलाग्दो आश्चर्यकर्महरुको बारेमा बताउने परमेश्वरको प्रेरणाबाट लेखिएको एक अद्धितीय पुस्तक हो । यो सम्पूर्ण मानव जातिको लागि सबै भन्दा महान अभिलेख र उद्धारको सत्य मार्ग बताउने पवित्र धर्मशास्त्र हो ।

बिशेषत बाइबल इसाइहरुको लागि मात्र लेखिएको होइन तर यो त सम्पूर्ण मानव जातिको अनन्त उद्धारको निम्ति परमेश्वरको प्रेरणाबाट करिब ४० जना मानिसहरुले करिब १५ सय बर्ष लगाएर यूरोप,अफ्रिका र एसिया महादेश मा १४४० B.C देखी ९० A.D सम्म लेखिएको पुस्तक हो । बाइबल ऐतिहासिकभौगोलिकभबिष्यवाणी र आश्चर्यकर्मले भरिएको र विज्ञानको नजरमा पनि सठिक भएको संसारको एक मात्र पुस्तक हो । यसैले आज सम्म बाइबल ३५५० भाषाहरुमा अनुवाद भईसकेको छ । यसको तुलनामा अन्य धर्मग्रन्थहरु अनुवाद भएको छैन । संसारका दोस्रो ठूलो धर्म इस्लामहरुको कुरान पनि जम्मा ५० वटा भाषामा अनुवाद गरिएको छ भने हिन्दूहरुको धर्मग्रन्थ भगवतगीता करिब ८० वटा भाषामा अनुवाद भएको छ ।
यसैकारण इसाइहरुको निम्ति बाइबल अध्ययन निकै महत्वपूर्ण मानिन्छ । बाइबल अध्ययनले अझै बाइबल माथि भरोसा गर्नको लागि र परमेश्वरको समिप जानको निम्ति मदत गर्दछ । साथै परमेश्वरको महा उदेकलाग्दो आश्चर्यपूर्ण कार्यहरुको बारेमा गहिरो शिक्षा पाउँछौँ ।

बााइबल अध्ययन इसाइहरुको लागि बाध्यता वा आवश्यकता के हो भन्ने कुरा निकै महत्वपूर्ण मानिन्छ ।
हामी मण्डली जादा आदरणीय व्यक्तिहरुले बाइबल अध्ययन गर्नु पर्छ भन्नु हुन्छ । प्रवचनको समयमा पनि बाइबल अध्ययनको बारेमा भनिरहेको पाउँछौँ । किन यस्तो भनिरहनु भई रहेको छ किन बाइबल अध्ययनलाई यति साह्रो गरी जोड दिनु भएको के मण्डलीमा गएर हप्ताको एक पटक बचन सुने हुदैन र ?किन यस्तो बाध्यता साथ पढ्नै पर्ने हो र जस्ता प्रश्नहरु हामीहरुको मनमा नआउलान भन्न सकिन्न । किन पढ्नु र भन्ने जस्ता प्रश्न हामीहरुको मनमा आउन सक्छ । तर के बाइबल अध्ययन गर्नु वा गर्नुहोस भन्नु जबरजस्ती वा बाध्उता भयो र ?
आदरणीय पाठक ज्यूम यो कुरा स्पष्ट गर्न चाहान्छु कि बाइबल गर्नु वा गर भन्नु कुनै बाध्उता होइन । बाइबल अध्यया चाहिँ हामीलाई दैनिक जीवनमा चाहिने निकै अति आवश्यक खुराक हो । यदि हामीले यो दैनिक खुराक आएनौ भने हामीले परमेश्वर माथि गरेको विश्वास हलुङ्गो हुदै जान्छ ।

यहोशू १:८ पदले भन्दछ कि, ‘व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्तर व्यवस्थाको त्यसमाथि तैले दिनरात ध्यान गर्नुअनि त्यसमाथि लेखिएका सबै कुरा होशियारीसाथ पालना गर्नु र तेरो सबै मार्गहरुमा तैले उन्नती गर्नैछस् र सफलता पाउँनेछस् ।

बाइबल अध्ययन इसाइहरुको जीवनको लागि दैनिक खुराक हो जसबिना हामी आत्मिक क्षेत्रमा जीवित रहन सक्दैनौँ । यसैले मोशालाई परमेश्वरले भन्नुभएको छ :
व्यवस्था ६:४देखी ९: मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्‍नो मनमा राख। ती तिमीहरूले आफ्‍ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्‍दाबाटोमा हिँड्‌दाढल्‍केर सुत्‍दा र उठ्‌दा तिनको चर्चा गर। ती आफ्‍ना हातमा चिन्‍हको लागि कसिराख। ती तिमीहरूको निधारमा बाँधिराख। ती आफ्‍ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख।
यसैले बाइबल अध्ययन धेरै नै आवश्यक छ ।

किन बाइबल अध्ययन गर्ने त?

·       यो हामीहरुको जीवनको लागि दैनिक आत्मिक खाना हो ।
·       तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्तीर मेरो बाटोको निम्‍ति उज्‍यालो हो।–भजनसंग्रह ११९:१०५
·       जवान मानिसले आफ्‍नो चालचलन कसरी चोखो राख्‍न सक्‍छ ?तपाईंका वचनअनुसारको जीवन बिताएर नै हो। (भजनसंग्रह ११९:९)
·       तपाईंको विरुद्धमा पाप नगरूँ भनेरतपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु। (भजनसंग्रह ९:१०,११)
·       किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छर कुनै पनि दुईधारे तरवारभन्‍दा बढ़ी धारिलो हुन्‍छ। यसले प्राण र आत्‍मालाई त्‍यसका जोर्नी(जोर्नी र हाड़को गुदीसम्‍मलाई भाग(भाग पारुञ्‍जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्‍छा जाँच्‍न सक्‍ने हुन्‍छ। (हिब्रू ४:१२)
F.Bacon भन्नुहुन्छ,
Some books are to be tested. other to be swallowed and Some few to be chewed and digested.  ( केहि पुस्तकहरू परीक्षण (चाख्न) गरिनु पर्छ। अन्य निल्न सकिन्छ र केहि केहि चपाउन र पचाउन।


यो भनाईमा निकै सत्यता लुकेको छ तर हामीले बुझ्नु पर्ने कुरा के हो भने बाइबल कुनै एक पुस्तक मात्र होइन तर यो इसाह विश्वासको जगसंसारको इतिहासको सुरुवातइसाइ विश्वासको प्रमाण हो । जसले ऐतिहासिकभौगोलिकसाँस्कृतिकभबिष्यवाणीआश्चर्यकर्म र महान उद्धारको मार्गको बारेमा निसंकोच स्पष्ट रुपमा सम्पूर्ण मावन जातिलाई सत्यताको प्रदर्शन गर्दछ ।
बाइबलको बिषयमा अमेरिकाका भूतपूर्व राष्ट्रपति थियोडोर रुजरभेल्ट ले भन्नु भएको छ
बाइबल पर्याप्त ज्ञान कुनै कलेजको शिक्षाभन्दा कम्मती छ ।

यसैले बाइबल अध्ययन इसाहरुको लागि बाध्यता होइन तर आवश्यकता हो । आवश्यकता पनि यस्तो आवश्यकता हो कि त्यो आधारभूत आवश्यकता भन्दा पनि अति नै महत्वपूर्ण आवश्यकता हो । बाइबल अध्ययन जबरजस्ती होइन तर यो आवश्यकता भएकैले नै बारम्बार भनिएको छ । यसैले बाइबल न बाध्यता हो  न जबरजस्ती तर यो त दैनिक जीवनको निम्ति अति आवश्यक आत्मिक भोजन हो । यसैले संसारमा सबै भन्दा बढी पढिने पुस्तक बाइबल हो । संसारको करिब ९० प्रतिशत मानिसहरुले आफ्नै भाषामा बाइबल पढ्न पाउँछन् । यसैले त बाइबल संसारको सबै भन्दा बढी छापिएर बिक्रि बितरण गरिएको पुस्तक हो । आज सम्म करिब ७ अरब बाइबलहरु बिक्रि बितरण भई सकेको छ । यसको तुलनामा कुनै पुस्तक आएको छैन र आउने पनि छैन ।

यसैले बाइबल अध्ययन इसाइहरुको लागि बाध्यता होइन आवश्यकता हो ।
अध्ययन गरिदिनु भएको मा धेरै धन्यवाद ।
परमेश्वरले हजरलाइ  अनुग्रह गर्नुभएको होस् । 



Name: Sangam Shrestha 
Email: sthasangam333@gmail.com
Add: Lalitpur, Nepal
Youtube Channel: https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ
Church:Faith's Church 
Harisiddi, Lalitur.

बाइबल अध्ययन इसाइहरुको लागि बाध्यता वा आवश्यकता ? बाइबल अध्ययन इसाइहरुको लागि बाध्यता वा आवश्यकता ? Reviewed by Sangam Shrestha on January 04, 2020 Rating: 5

No comments:

Powered by Blogger.