किन येशु ख्रीष्टले विवाह गर्नु भएन ?


किन येशु ख्रीष्टले विवाह गर्नु भएन ?

what jesus marage with mariyam ?को लागि तस्बिर परिणाम


कति पय मानिसहरूले यो दाबी गर्छन कि येशु ख्रीष्टले विवाह गर्नुभयो । कतिले त यो पनि भन्छन कि येशु ख्रीष्टको परिवारको सन्तान अहिले पनि भारत देशमा छन् । तर अब हामी पवित्र बाइबलले के भन्छ त्यसमा ध्यान दिउ । सम्पूर्ण पवित्र बाइबलमा काहिँ पनि येशु ख्रीष्टले विवाह गर्नु भएको विवरण पाउदैनौँ । येशु विवाह नगर्नुको कारणहरू निम्न छन् :
१.येशु ख्रीष्ट भगवान हुनुहुन्न :
यो विषयमा भन्दा तपार्इंलार्इ अचम्म लाग्ला कि येशु भगवान हुनुहुन्न । येशु किन भगवान हुनुहुन्न त? भन्ने कुरा बुझ्न पहिला भगवान भन्ने शब्दको अर्थलार्इ हेर्नु पर्दछ । भगवान भन्ने शब्दले बिशेष गरी हिन्दू धर्मको भगवानलार्इ जनाउँछ । भगवान भन्ने शब्लार्इ केलाएर हेर्दा, भग भन्ने शब्दले शिवको लिङ्गलार्इ जनाउँछ भन्ने वान भन्ने शब्दले पार्वतीको लिङ्गलार्इ जनाउँछ । तसर्थ भगवान भन्नेले पुरूषको लिङ् र स्त्रीको लिङ्गको समागमलार्इ बुझाउँछ । तसर्थ येशु भगवान हुनुहुन्न । हो येशु शरीरमा हुनुहुन्थ्यो तर यो होइन कि येशु यस संसारको मानिसहरू अनुसार नै जीउनु भयो वा शारीरिक अभिलाषाहरू पूरा गर्नुभयो तर उहाँ बुद्विमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दैजानुभयो (लूका २:५२) ।
२.येशुले विवाह गर्नु भएन किनकि उहाँ यस संसारमा छोटो समयको लागि मात्र आउनु भएको थियो । येशु यस संसारमा केही छोटो समयमा मात्र बस्नु भयो करिव साढे ३३ बर्ष । उहाँको सेवाकार्इंको अबधिमा कहिले पनि येशुले श्रीमती छिन भन्ने कुरा गर्नु भएन र कहिले पनि येशुलार्इ श्रीमतीले खोज्न पनि आइनन् तर उहाँको आमा र भार्इहरूले खोज्न आएका थिए । (मर्कूस ३:३१–३५, लूका ८:१९–२१,मत्ती१२:४६–५०) यसैले येशुले विवाह गर्नु भएको छैन ।
३.येशु ख्रीष्ट आफैँले मैले विवाह गरे भनेर भन्नु भएको छैन ।
४.येशुलार्इ योग्य स्त्री कोही पनि थिएन ।
५.येशु ख्रीष्टलार्इ विवाह गर्ने समय नै भएन ।
६.येशु ख्रीष्ट पूर्ण रूपले परमेश्वर हुनुहुन्छ ।
७.उहाँ निष्खोट थुमाको बलिको आवश्यकता भएकाले विवाह गर्नु भएन ।
८.विवाह गर्नु र छोराछोरी जन्माउन येशुलाई संसारमा पठाइएको थिइएनन् । मर्कूस १०:४५ ले यो कुरा पृष्टि गर्छ, “त्यसरी नै, मानिसको पुत्र (येशु) सेवा लिन होइन, तर सेवा गर्न आएको हो । मानिसको पुत्र उनको आफ्नै जीवन दिन अ नि अरु धेरै मानिसलाई बचाउन आएको हो ।”
९.येशुको पुनरूउत्थान पछि येशुले विवाह गर्नु भयो भन्ने बिषयमा धेरै पुस्तकहरू लेखिए तर हामीलार्इ कहिले पनि यो कुरा बाइबलले बताउँदैन । हामी बाइबलमा विश्वास राख्छौ तर अरू पुस्तकहरूमा होइन । हाम्रो निम्ति बाइबल नै प्रमुख येशुको जीवनीको बारेमा बताउने ग्रन्थ हो । अरू मानिसहरूले जे सुकै भनेता पनि जति नै बाइबललार्इ झुटो दोष लगएता पनि सत्य कहिले पनि झुटो ठहरिदैन । येशुले विवाह विवाह गर्ने छु भनेर पनि कहिले पनि भन्नु भएको छैन यसैले हामी यो कुरा कहिले पनि विश्वास गर्दैनौँ । सम्पूर्ण बाइबलमा कहिले पनि येशुले विवाह गर्नु हुन्छ भन्ने कुरा कहिले पनि कुनै पनि अगमबक्ताहरूले अगमबानी गरेको कुरा पाउदैनौ ।
१०.                पुनरूयत्थान पछि येशुले विवाह गर्नु भएको भए बाइबलमा उल्लेख गर्ने थियो तर उहाँ त ४० दिन पछि स्वर्गरोहन हुनु भयो (प्रेरित १:९) ।
११.                लूका ९:५८ पदले येशुले कहिले पनि विवाह गर्नु भएन भन्ने कुराको संकेत दिदछ, यहाँ लेखिएको छ, स्यालका दुला छन्, र आकाशका चराचुरूङ्गीहरूका गुँड, तर मानिसको पुत्रको त शिर राख्ने ठाउँ पनि छैन् ।
१२.                यूहन्ना १४:२ र ३ पद अनुसार येशु स्वर्ग नै जानु भयो ।
१३.                येशुको राज्य चाहिँ यस संसार थिएन, यसैले येशुले कहिले पनि विवाह गर्नु भएन । यूहन्ना १८:३६



के हो त द भिन्ची कोड ?
डान ब्राउनले लेखेका येशू ख्रीष्टको पुनरूत्थान पछिको बारेमा लेखिएको पुस्तक ‘द भिन्ची कोड हो । यस पुस्तक सन् २००३ मा अप्रिलमा अमेरिकामा प्रकाशन गरिएको हो ।
Publisher




यस पुस्तक अनुसार येशूले विवाहा गर्नुभयो र उहाँके सन्ताहरू अझै पनि यस संसारमा रहिरहेका छन् भनी भन्छन्।
एवम् थुप्रै साहित्यिक कृतिहरुमा येशुको मग्दलिनीसित विवाह भएको कुरामा दाबी गरेका छन् । तर उनीहरुसित कुनै प्रमाण छैन, उनीहरु अनुमानको भरमा यसो लेखिरहेका छन्

da vinci codeको लागि तस्बिर परिणाम

के येशुले विवाह गरेका थिए ? के मग्दलीनी येशुकी श्रीमति थिइन् ?
बाइबलले येशुको आमा, बुवा र दाजुभाइ रहेको पुष्टि गरेको छ । फेरि किन श्रीमती छ भनेन ? किन येशुको श्रीमति भएको कुरामा सङ्कोच मान्नुपर्यो ? जसले येशुको श्रीमति थियो भनेर तर्क गर्छ, उसको एकमात्र अभीष्ट भनेको येशुलाई "सामान्य मान्छे"मा गणना गर्नु हो । उनीहरु येशु मानवरुपी ईश्वर रहेको कुरामा विश्वास गर्न चाहदैनन् । युहन्ना १:१ मा येशु संसारमा आउनुभएको कुरालाई कसरी लेखिएको छ, “संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचन (क्राइष्ट) थियो । त्यो वचन परमेश्वरसँग थियो, अनि वचन नै परमेश्वर हुनुहुन्थ्यो । यहाँ वचन ग्रीक शब्दमा "लोगोस" जसको अर्थ कुनै पनि प्रकारको संचार यसलाई "समाचार" भनी अनुवाद गर्न सकिन्छ । यहाँ, यसको अर्थ क्राइष्ट हो, परमेश्वरले आफ्नो विषयमा मानिसहरुलाई यसरी भन्नुभयो । अब, युहन्ना १:१४ ले यो कुरालाई थप पुष्टि गर्छ, “वचन (क्राइष्ट) शरीर हुन आए र हामी माझ बसे । हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं । वचन अनुग्रह र सत्यताले पूर्ण थियो ।” यहाँ पिता भन्नाले युहन्ना १०:३० मा येशुको पिता एकै भएको बताउँछ, “पिता र म एकै हौं ।” यसकारण जसले येशुको पिता भएपछि येशुको श्रीमति पनि हुनुपर्छ भन्ने कुरामा आशंका राख्छन्, वास्तवमा ती गलत हुन्छन् । यहाँ पिता, पुत्र र पवित्र आत्मा एकै हुन । येशुले भन्नुभएको छ, “म विना पिताकहाँ जान सक्दैन ।” 

सम्बन्धित छवि
प्रश्न हुन सक्छ, त्यसो भए के येशुले विवाह गरेनन् ? निश्चय पनि विवाह गर्नु पाप होइन । विवाहमा यौनसम्पर्क राख्नु पनि पाप होइन । यदि येशुले विवाह गरेको भए पनि उहाँ परमेश्वरको निष्खोट थुमा (बलिको पाठा) तथा संसारको मुक्तिदाता हुनुहुन्थ्यो । साथै बाइबलमा येशुले विवाह गर्नुपर्ने कुनै कारण दिइएको छैन । येशुले किन विवाह गर्नुपर्यो ? के येशु संसारमा यौनलीला गर्न आउनुभएको हो ? के येशु शरीरको लालच अथवा चाहनाबाट शासित हुनुहुन्थ्यो ? निश्चय पनि होइन । जो येशुको विवाह भएको कुरामा विश्वास गर्छन्, उनीहरु येशु पापरहित भएको कुरामा विश्वास गर्दैनन् । उनी मसिहा हुन् । विवाह गर्नु र छोराछोरी जन्माउन येशुलाई संसारमा पठाइएको थिइएनन् । मर्कूस १०:४५ ले यो कुरा पृष्टि गर्छ, “त्यसरी नै, मानिसको पुत्र (येशु) सेवा लिन होइन, तर सेवा गर्न आएको हो । मानिसको पुत्र उनको आफ्नै जीवन दिन अनि अरु धेरै मानिसलाई बचाउन आएको हो ।”

को थिइन् मरियम मग्दलीनी ?

तथाकथित येशुकी श्रीमति भनिएकी मग्दलीनी एक महिला थिइन्, जसबाट सतावट भूत भगाइएको थियो । उनबाट सात भूत भगाइएपछि उनी येशु उनी येशुको चेली भएकी थिइन् । लुका ८:२ मा लेखिएको छ, “त्यहाँ उहाँसँग यस्ता स्त्रीहरु पनि थिए, जो रोग तथा दुष्टआत्माबाट छुटकारा भएका थिए । तिनीहरु माझ एउटी मरीयम नाउँ भएकी स्त्री पनि थिई । त्यो मग्दलिनी शहरको बासिन्दा थिई । उसकोबाट सातवटा भूतहरु निकालिएको थियो ।” मग्दलीनीलाई पापी एक स्त्री भएको, येशुको खुट्टा आँसुले धोइदिएको र केशराशिले पुछिदिएको र उनले गरेको विश्वासको कारण उनको पाप क्षमा भएको उल्लेख छ । [हेर्नुहोस्, लुका ७:३६–५०] । येशुले मग्दलिनीलाई ढुङ्गा हानेर मार्न लाग्दा बचाउनुभएको थियो, उनी वेश्यावृत्तिमा रङ्गेहात पक्राउ परेकी थिइन् । त्यतिखेर जसले व्यभिचार गर्छ उसलाई ढुङ्गाले हानेर मार्नुपर्छ भन्ने धारणा थियो । यस्तो समस्या सिर्जना गरेर यहुदीहरुले येशुको परीक्षा लिइएको थिए । तर येशुले भन्नुभयो, तिमीहरुको माझमा कुनै एक मानिस जो पाप रहित छ त्यो मानिसले मग्दलिनीलाई ढुङ्गाले हानोस् ।” तर कोहीले त्यसो गरेनन् । किनकी तिनीहरु पाप रहित थिएनन् । येशुले मग्दलिनीको पाप क्षमा गरिदिनुभयो । [पढ्नुहोस्, युहन्ना ८:१–११] यहि त येशुको बडप्पन/अनुग्रह हो । जो हामी पापीलाई तिरस्कार गर्छौं, दुस्मनलाई मार्छौं तर येशुले माया गर्नुहुन्छ, क्षमा दिनुहुन्छ । दोषी ठहराउनु हुन्न र अब त्यस्तो कार्य नगर्न आज्ञा दिनुहुन्छ । यति जान्दा–जान्दै येशुको व्यक्तित्वमा खोट लगाउने मानिसले आफूलाई एकचोटि नियालोस् । मग्दलिनीको बारेमा अझ पढ्न युहन्ना २०:११–१८ र प्रेरित १:१४ पल्टाउनुहोस् ।
डान ब्राउनको ‘द भिन्ची कोड’ एवम् थुप्रै साहित्यिक कृतिहरुमा येशुको मग्दलिनीसित विवाह भएको कुरामा दाबी गरेका छन् । तर उनीहरुसित कुनै प्रमाण छैन, उनीहरु अनुमानको भरमा यसो लेखिरहेका छन्, भनिरहेका छन् । हामी थुप्रै फान्टासीमा अभ्यस्त छौं, उनीहरु सोच्छन् यो संसार नै फन्टासी (माया/सपना) हो । यसैको शिकार तिनिहरु भएको हुनुपर्छ । बाइबलमा येशु र मग्दलिनीको विवाह भएको बारेमा कुनै सङ्केत दिएको छैन । यी सम्पूर्ण लाञ्छानाहरु भ्रामक हुन् र असत्य छन् ।


नोटः माथिको विवरणहरू विभिन्न व्यक्तिको लेख र व्यक्तिगत अध्ययन बाट लेखिएको हो ।


Thank you For Reading

Please Share 
अध्ययन गरिदिनुभएकोमा धन्यवाद 
परमेश्वरले अाशिष दिनुभएको होस् ।






Name: Sangam Shrestha
Email: sthasangam333@gmail.com
Church: Faith's Church
Facebook:Sangam Shrestha
Youtube Channel: Faith's Chanal
https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ?view_as=subscriber


किन येशु ख्रीष्टले विवाह गर्नु भएन ? किन येशु ख्रीष्टले विवाह गर्नु भएन ? Reviewed by Sangam Shrestha on January 15, 2020 Rating: 5

No comments:

Powered by Blogger.