मण्डली सेवाकाई प्रशासन

मण्डली सेवाकाई प्रशासन

Author:Sangam Shrestha.

        Facebook   Facebook Page   YouTube  Twitter



        मण्डलीको सेवाबारे बुझ्नको लागि बाइबलले मण्डलीको साचो स्वभावको बारेमा दिएको शिक्षालाई मनमा राख्नु अति नै महत्वपूर्ण र आवश्यक रहेको छ । धेरै व्यक्तिहरूले मण्डली भनेको भवन भन्ने कुरा बुझ्छन् तर मण्डली भनेको वास्तवमा अर्थ चाहिँ “परमेश्वरले बोलाउनु भएको मानिसहरुको समूह हो । जो आराधना गर्न र परमेश्वरको उद्देश्य पूरा गर्नको लागि एकै ठाउँमा भेला भएको हुन्छ ।

        मण्डली दुई प्रकारको हुन्छ । पहिलो, विश्वब्यापी मण्डली, दोस्रो स्थानीय मण्डली । विश्वव्यापी मण्डली भन्नाले विश्वको प्रत्येक साँचो ख्रीष्टियनशहरुद्धारा मिलेर बनेको र जसलाई ख्रीष्टको देहको रुपमा चिनिन्छ र स्थानीय मण्डली भन्नाले कुनै बिशेष स्थानमा विश्वव्यापी मण्डलीको शारिरीक प्रकटिकरण हो । स्थानीय मण्डलीको सबै विश्वासीहरु एक अर्कामा भेट्ने भएकाले बाइबलले भनेका प्रत्येक विश्वासीहरुलाई भनेका कुराहरु मण्डलीमा सामूहिक रुपमा लागु हुन्छ ।

 

        मण्डली दुई प्रकारको भए पनि मण्डली एक मानिसहरुको समूह हो जसमा परमेश्वरको महिमा दिनको लागि मानिसहरु भेला हुने गर्दछ चाहे त्यो विश्वव्यापी मण्डली होस वा चाहे त्यो स्थानीय मण्डली होस् । बाइबलिय अर्थमा भन्ने हो भने मण्डली भन्नाले हामी विश्वासीहरु हौ जसमा पवित्र आत्मा, परमेश्वर र येश ख्रीष्ट वास गर्नुहुन्छ । मण्डलीको परमेश्वर जो हुनुहुन्छ उहाँप्रतिको भय, आदर गर्नु पर्दछ । मण्डलीमा परमेश्वरको लागि आराधना हुनु पर्दछ । 

 

        मण्डली परमेश्वरको महिमा गर्ने स्थान हो यसैले यहाँ संसारको भन्दा भिन्दै मापदण्ड वा आर्दश हुनु पर्दछ र फरक पद्धतीद्धारा संचालन गर्नु पर्दछ । मण्डली पापबाट अलग भएर परमेश्वरको निम्ति पवित्र हुनु पर्दछ । मण्डली संसारमा धार्मिकता र इमान्दार्रीताको निम्ति असल मर्यादामा कायम राख्नुपर्दछ । यसको साथै ईशाईहरु ख्रीष्टमा विश्वास नगरेकाहरु सँग एउटै जुवामा नारिन हुदैन । मण्डलीले आफ्नो विश्वासीहरुको हेरचाह, देखदेख, फ्रिक्रि र परमेश्वरको प्रेम देखाउनु पर्दछ । यसको साथै सबै भन्दा महत्वपूर्ण कूरा चाहिँ मण्डलीबाट सुसमाचारको कार्यहरु गर्नु पर्दछ । कुनै मण्डलीको अगुवा वा पाष्टरले मात्र दैनिक रुपमा सेवाकाईमा खटिएर बस्नु भनेर बाइबलले सिकाउँदैन तर एक अर्कामा पदीय आधारमा र बरदानको आधारमा कार्यहरुको बिभाजन गरी परमेश्वरको सेवा गर्नु गर्नुपर्दछ । मण्डलीको सेवाकाई गर्ने अगुवाहरुको आर्थिक र भौतिक खाँचो पुरा गरिदिनु पर्दछ । यसको साथै अगुवाहरुलाई उत्साहको साथै पारिवारीक परामर्श पनि दिनुपर्दछ । यसको साथै मण्डलीका मानिसहरुमा भएको दान वरदानहरुहरुलाई चिनस् सठिक स्थानमा प्रयोग गर्नु्हुन्छ ।

 


मण्डली प्रशासन –एक संरचनात्मक संगठनको रुपमा मण्डली

        मण्डली विश्वासीहरुको देहद्धारा बनिएको एउटा जिवित आत्मिकी शरीरको संरचना हो । यो एउटा संरचनात्मक संगठन पनि हो, किनभने सेवाकाईको काम कुनै संरचनाको ढाँचा भित्र नै पर्दछ । तर हामीले यो पनि बु्झ्नु पर्दछ कि संरचनात्मक ढाँचा आफै उद्देश्य होइन तर पूरा गर्ने माध्यम मात्र हो । बाइबलमा हामी कुन चाहिँ मण्डली प्रशासन ढाँचा प्रयोग गर्नु स्पष्ट रुपमा बताएको छैन ।  मण्डली कुनै सम्प्रदाय वा मिशन–संस्था सँग सम्बिन्धीत हुन्छ तब मण्डली मण्डली प्रशासनको स्वरुप प्राय निश्चित हुन्छ । तर पनि स्थानीय मण्डली स्वतन्त्रता छ भने त्यसलाई कसरस् संचालन गर्ने भन्ने कुरा हामीले धर्मशास्त्रबाट हेर्नु र खोज्नु पर्दछ । संसारमा रहेका बाइबलमा आधारित केही मण्डली प्रशासनहरु निम्नि छन्:

१.धर्माध्यक्षीय वा धर्मतन्त्रीयः

        यस प्रशासन व्यवस्थामा बिशषपहरु, एल्डरहरु र डिकनहरु हुनेगर्दछन् । जोहरुको धर्मसत्तामा सुनिश्चित भूमिकाहरु हुन्छ, जस अन्तर्गत बिशपको मूल अधिकार हुन्छ र उसैले मण्डलीमथि शासन गर्छ । विश्वासीहरुले मण्डलीको संरचामबारे थमेरै मात्र केही गर्न वा भन्न पाउछन् । विशपले नै मण्डलीहरुमा एल्डर नियुक्त गर्ने गर्छन् ।

        इपिसकोपल प्रणाली अनुसार धेरै विशपहरुमाथी एक आर्च विशपको अख्तियार हुने गर्दछ । विशपहरुको अख्तियार,“धर्म प्रदेश” (Diocese) माथि हुन्छ, जसको अर्थ विशपको अधिकार क्षेत्र भित्रका मण्डलीहरु हो । आर्च विशपहरु, विशपहरु र रेक्टरहरु सबै नै पूरोहितहरु हुन्, कारण तिनीहरु सबैलाई एक पल्ट इपिसकोपलियन पूरोहित पदमा अभिषेश गरिएको थियो (तर व्यवहारमा, रेक्टरलाई प्राय पूरोहित नै भनिन्छ) । (तर पूरोहितलाई (Preytersb)  ग्रीकमा एल्डर बुझाउने समानार्थीको रुपमा लिइन्छ भने रोमन क्याथोलिकहरुले पूरोहीत शदलाई बलि चढाउने र मानिसहरुलाई परमेश्वर सामु प्रतिनीधित्व गर्ने कर्तव्य भएको पुरानो करारको पुजाहारीगीरी सित सम्बन्धी गर्दै यो शब्दलाई बेग्लै अर्थमा बुझ्छन् ।)

 


 २.प्रेसव्यटेरियन प्रशासन (Presbyterian Government)

        प्रेसव्यटेरियन मण्डली प्रशासन अन्तर्गत एल्डरहरुले नै एक पाष्टर नियुक्त गरेका हुन्छ । एल्डहरु बाट नै एक जना पाष्टर चुन्ने गर्दछ ।  सभा वा शासन निकायमा भएको एल्डरहरु मध्ये एक जना मण्डलीको पास्टर हुन्छन् जो अख्तियारमा एल्डरहरु समान हुन्छ । यो सभा वा शासन निकायसित स्थानिय मण्डलीलाई शासन गर्ने अख्तियार हुन्छ तर एल्डरहरु प्रशासनिक सभा प्रेसव्यटेरियनका पनि सदस्य हुन्छन् जसको त्यस क्षेत्रमा अनेकौँ मण्डलीहरु माथि अख्तियार हुन्छ । यसबाहेक प्रेसव्यटेरियनका सदस्यहरु मध्ये कतिपय सदस्यहरु,“महासभा” का सदस्यहरु पनि हुन्छन् । जुन सभाको अख्तियार साधारणतया: राष्ट्रका क्षेत्रका सम्पूर्ण मण्डलीहरु माथि हुन्छ ।

 


३.सामुदायीक मण्डली प्रशासन [Congregational Government ]

        Congregational प्रणालीमा एक एल्डर वा पास्टर, बहु संख्याक स्थानिय एल्डरहरु, निगम परिषद्, विशुद्ध प्रजातन्त्र र पवित्र आत्मामा चलेको प्रशासन हो । विश्वासी जनहरु Congregational सर्वत्र पाइने व्यवस्था,“एक एल्डर” रुपमा शासन व्यवस्था हो । यस प्रकारको व्यवस्थामा पास्टरलाई मण्डलीको एल्डरको रुपमा हेरिन्छ अनि त्याहाँ एउटा डिकन मण्डल हुन्छ जसले उनको अख्तियार अधिनस्थ सेवा गर्छन र उनीहरुलाई सहायता गर्छन । यस प्रणालीमा विश्वासी जनहरुले समुदायको पास्टर चुन्छ र डिकनहरु पनि उनीहरुले नै चुन्ने गर्छ । पास्टरको अख्तियार विभिन्न मण्डलीहरुमा भिन्न भिन्नै हुन्छ र पास्टर जति समय सम्म मण्डलीमा बसे त्यति नै मात्रामा त्यो बढ्दछ । डिकनलाई मण्डलकिो सल्लाहको अख्तियार मात्रै दिएको हुन्छ । 



        तेस्रो किसिमाको प्रशासन गर्ने तरीकाअनुसार स्थानीय मण्डलीमा एउटै पास्टर वा एल्डरको मुख्य अधिकार हुन्छ । यस्ता मण्डलीका मानिसहरु भन्छन् कि हरेक स्थानीय मण्डली स्वतन्त्र छ । स्थानीय मण्डली भन्छ । वाहिरको कुनै व्यक्तिले त्यस मण्डलीमा अधिकार चलाउनुहुँदैन भन्ने तिनीहरुको विचार छ । यी मण्डलीहरुमा पास्टरलाई सहायता दिन एल्डरहरु र डिकनरु हुन सक्छन तर मुख्य अधिकार चाँहि पास्टरको हातमा हुन्छ ।

        यस किसिमको प्रशासन आजका मण्डलीहरुमा धेरे प्रख्यात छ । यसलाई अर्को शब्दमा लोकतान्त्रिक अथवा पश्चिमी तरीकाको प्रशासन पनि भन्ने गरिन्छ । यो प्रजा प्रशासनको तरीकामा, कुनै पनि मुद्दा भए स्थानीय प्रशासनीक मतदान समितिले, प्रशासन परिषद वा एल्डरहरु बादबिवात गरि मतदान द्वारा समस्याको समाधान गर्छन । यी समिति भित्र, बरिष्ठ पास्टरको पनि भूमिका हुन्छ र एउटा मत पाउछन् । एउटा कुनै मुद्दामा, परमेश्वको मानिसले परमेश्वबाट साँच्चै सुनको हो कि होइन निश्चित गर्न स्थानीय मण्डलीको मतदान समितिद्वारा निर्णय हुन्छ । पास्टरले परमेश्वरबाट सुन्नै पर्छ भन्ने छैन तर मानिसको कुराचाहिँ पक्कै सुन्नु पर्छ ।

        अधिकाशं मण्डलीहरुले प्रशासनमा एक वा एकभन्दा बढी यो मुख्य स्वरुपहरु मिसिएको पाइन्छ । प्राय कुनै किसिमको साम्प्रदायिक विशेष संरचना वा संस्था हुन्छ जसले स्थानीय  मण्डलीलाई निरीक्षण र देखदेख गर्दछ । तर स्वरुप, बनोट जस्तै भए पनि वा मण्डली प्रशासन जस्तै भए पनि बाइबलको दृष्टिकोणबाट आलोचनात्मक विचारहरु भने हुने गर्दछ । तर पनि सके सम्म मण्डलीको स्वरुप र कार्यक्रमहरुले बाइबलको कार्य र सिद्धान्तहरु अनुसरण गरेको हुनपर्दछ । 

        मण्डलीमा भएको सिद्धान्तहरु पवित्र छन् तर परमपराहरु पवित्र छैनन् । किनकि मण्डलीको सिद्धान्तले हामीलाइै परमेश्वरको बारमो बुझ्न अझै मदत गर्दछ भने सिद्धान्तले हामीलाई परमेश्वरलाई भन्दा परमपरालाई बढी प्रथमिकता दिई परमेश्वरबाट टाढा लैजान्छ , यसैले यसको लागि मण्डलीका बिभिन्न तहमा रही परमेश्वको सेवा गर्ने व्यत्तिहरु हुनु पर्दछ ।

         पाष्टर मण्डलीको एक बिशेष व्यक्ति हो । जो कोही पाष्टर हुन पाउदैन । यसको लागि केही कुराहरु हुनु पर्दछ ति हुन १.परमेश्वरबाट बोलाबट पाएको, २.तालिम लिएको, ३.सेवकको स्वभाव भएको, ४.बचन अध्ययन गरेको र सत्य बचन प्रचार गर्ने, ५.अगुवामा हुनुपर्ने गुण हुनु पर्दछ, ६.नेतृत्व गर्ने क्षमता भएको, ७.प्रचार गर्न र शिक्षा दिन सक्ने हुनुपर्दछ । पाष्टरले आफ्नो चेलाहरुको हेरचाह राम्रो सँग गर्नु पर्दछ । पाष्टर आफ्नो निम्ति होइन तर अरुको निम्ति वा सेवकरुपमा आफ्नो जीवन सर्मपन गरेको हुनु पर्दछ । स्वर्थ पूर्ण तरिकाले होइन तर सेवाभाव सहित परमेश्वरको सेवा गर्ने हुनुर्दछ । प्रार्थना, बाइबल अध्ययन, आरधाना र परमेश्वरको निम्ति समय छुट्याउनु पर्दछ ।

        पाष्टर लगाएत मण्डलीमा एल्डर, डिकन, बालसंगतीका शिक्षकहरु, जवान अगुवाहरु, आराधनाको अगुवा, दिदि बहिनीको अगुवा, आर्थिक कारोबार सम्हाने समूह आदी मण्डलीमा हुनु पर्दछ जसले गर्दा मण्डली अझै बृस्तृत रुपमा बढ्दै जान्छ । यसको समथै मण्डलीमा महिला दिदि बहिनीहरुलाई पनि अगाडी बढाउनु पर्दछ । उहाँहरुलाई पनि माथिका पदहरुमा बरदान अनुसा राख्नु पर्दछ । चाहे त्यो पाष्टर वा कुनै पनि स्थानमा किन नहोस् । जसले गर्दा अरु बाहिरको मानिसहरुले हेर्दा पनि हामीहरुमा ईश्वरत्व झल्कियोस् । हुनत यसमा सम्प्रदमयिक कुरामा पनि निर्भर हसन्छ किनकि कति पय सम्प्रदाय र मण्डलीहरुले दिदि बहिनीलाई यस्ता पदहरुमा बरदान भएता पनि राख्दैन कारण उनीहरु सक्दैन भन्ने सोच रहेको छ । मण्डलीमा सबै कुराहरु यसरी व्यवस्थापन गरेमा मण्डली सुव्यवस्थित हुन जान्छ । मण्डलीमा विश्वासीहरुलाई बाइबल सम्बन्धी शिक्षा दिने अनुभवी, शिक्षित शिक्षक पनि मण्डलीमा हुन आवश्वक छ । तर यी सबै ठूलो वा अलि धेरै जनसंख्या भएको मण्डलीमा हुने गर्दछ तर साना मण्डलीहरुका सबै कार्य पाष्टर वा एल्डर वा अगुवाले नै गर्ने गर्दछ ।



 

मण्डली सेवाकाई प्रशासन मण्डली सेवाकाई प्रशासन Reviewed by Sangam Shrestha on March 07, 2022 Rating: 5

No comments:

Powered by Blogger.