स्व.पा.रोवर्ट कार्थक, जीवनी, सेवाकाइ र ज्ञानेश्वर मण्डली || Sangam Shrestha||

स्वर्गीय पाष्टर रोवर्ट कार्थक, जीवनी, सेवाकाइ र ज्ञानेश्वर मण्डली

 


स्वर्गीय पाष्टर रोवर्ट कार्थक ज्यूको जन्म भारतको कालिङ्पोङमा ख्रीष्टियान परिवारमा जनावरी १०, १९२६ मा भएको हो । उहाँ ख्रीष्टियान परिवारमा जन्मनु भएकाले बाइबल अध्ययन, प्रार्थना र सन्डे स्कुलमा जाने कृयाकलापमा सानै उमेर देखि सहभागी हुनु भएको थियो । यहाँको पिता कालिम्पोङ्मा भएको प्रेस्वेटिरियन मण्डलीमा सेवा गर्नुहुन्थ्यो । भक्तिमय परिवारमा जन्मनु भएकाले उहाँ परमेश्वरमा आत्मिक रुपमा बढ्न सहायता भएको थियो । उहाँले नेपालमा करिब ६५ बर्ष सेवाकाई गर्नुभएको छ । उहाँ ९५ बर्षको उमेरमा प्रभुमा सुत्नु भएको हो । ख्रीष्टियान वातावरणमा नै हुर्केता पनि त्यस समयमा मण्डलीले बाइबलीय आत्मिक क्षेत्र भन्दा पनि सामाजिक कार्य गर्न मण्डली उत्साह दिने भएकाले आत्मिक क्षेत्रमा त्यति बढ्न सक्नु भएको थिएन ।



उहाँले २१ बर्ष सम्म पनि ख्रीष्टमा साँचो मुक्ति पाउनु भएको अनुभव गर्नुभएको थिएन । उहाँलाई अनन्त जीवनमा बारेमा त्यति आशा थिएन । सन् १९४६ मा पहिलो पटक उहाँले येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता र एक मात्र प्रभु भनेर स्वीकार गर्नुभएको थियो । उहाँको परिवारले उहाँलाई सानै हुदाँ नै बप्तिस्मा दिनुभएको थियो तर येशूलाई मुक्तिदाता र प्रभु भनेर धेरै पछि विश्वास गर्नुभयो । उहाँले १० बर्ष लगालातर निष्ठावाल भएर कुनै लोभ र लालचा नराखि परमेश्वरको सेवा गर्नुभयो । केही जवानहरु र उहाँ मिलेर एउटा बलियो सेवाकाई समुह बनाउनु भयो, त्यस समुहद्धारा सेवाकाईलाई अगाडी बढाउनु भयो ।



सन् १८७० मा चर्च अफ स्कटल्याण्डबाट (Church Of Scotland) का मिसनरी विलियम म्याकफार्लेको सक्रियतामा दार्जिलिङमा नेपाली मण्डलीको सुरुवात भयो । त्यसपछि बेलायतबाट आएका मिसनरीहरु मध्ये कि मिस एलिजावे फ््रयाङ्लिन (Miss Elizabeth)  दार्जिलिङमा आएर युवाहरुको बिचमा जागृतिको सेवकाई गर्न थालिन् । यो जागृति सेवाको मुख्य उद्देश्य नेपालमा आउनको लागी मिसनरीहरु तयार पार्नु थियो । केहि समयको अन्तरालमा रोवर्ट कार्थक र राजेन्द्र रोंगोंगको नेतृत्वमा मिसनको लागी तयार हुँदै गरेका युवाहरुको एउटा समुह नेपालमा आउने तयारीमा जुटे । यसैल सन् १९५६को फ्रेवरी २९ तारिखका दिन नेपालको मिसनरी यात्रामा निस्केका एघार जनाको समुह नै ज्ञानेश्वर मण्डलीको संस्थापक समुह बन्न पुगे । ज्ञानी शाह पनि यो ज्ञानेश्वर मण्डलीको स्थापना कालको सुरुवाती दिनहरुमा मण्डलीकी सदस्य भएर सेवकाई गरिन् । यो एघार जनाको समुह दार्जिलिङ÷कालिम्पोङबाट हिडेको चार दिनमा नेपालको सिमरा भन्ने ठाउँमा आइपुगे र त्यहाँबाट हवाईजहाज चढेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगे । यस समुह विमानस्थलबाट सिधै भक्तपूरमा गए र समुहका सदस्यहरु मध्ये एलिजावेथ फ््रयाङलिन र जर्मित यहि समुहले अर्को दिन तिर बहादुर देवान, रतन देवान भेट ग¥यो र उनीहरु संगै मिलेर संगति गर्ने निश्चय पनि ग¥यो । त्यहाँ तिर बहादुरहरुले पहिले नै सानो संगति सुरु गरिसकेका थिए । यहि समुहका मध्येबाट कालिम्पोङबाट आएका प्रकाश राई र दफ्तन सादा संग भेट भयो । उनीहरु चाँहि सन् १९५५ मा नै नेपालमा प्रवेश गरिसकेका थिए । सन् १९५६ को डिसेम्बरमा कालिम्पोङबाट आएको समुह १० महिना पछि भक्तपूरबाट डिल्लीबजारमा डेरा सरे । तत्कालीन अवस्थामा ग्यालेक्सी (Galaxy School)  भएको ठाउँ नजिकै एउटा घरको छिँडिमा राजेन्द्र रोंगोंग र रोवर्ट कार्थक डेरा लिएर वा भाडामा संगै बसेका थिए । उक्त समय देखी नै शान्त भवन(पाटन क्षेत्र), जुद्द सडक र भत्तरपुरमा सेवा संगति र भेटघाट नियमित रुपमा हुने गथ्र्यो । यी तिन वटा संगति मध्ये जुद्द सडकमा भएको संगति बृद्धि भइरहेको थियो । यस्तै समयमा क्यारलाबाट आएका मार्थोमा मण्डलीको समुह र कालिम्पोङको समुह बिच मण्डली त थिएन तर भेटघाट र संगति भने निरन्तर रुपमा हुन्थ्यो ।



भारतको दार्जिलिङ, कालिम्पोङ र अन्य विभिन्न ठाउँहरुबाट आएका नेपाली भाषा बोल्न जान्नेहरु र (U.M.N.)का मिसनरीहरु लगभग १४ जना मिलेर एउटा नयाँ संगति स्थापना गर्ने निधो गरे । यो १४ जनाको समुहमा कालिम्पोङबाट आएका ११ जना र बाँकि ३ जना चाँहि दफ्तन सादा,प्रकाश राई र ज्ञानी शाह थिए । सन् १९५७को अगस्ट महिनाबाट रोवर्ट कार्थक र राजेन्द्र रोंगोंगले भाडामा लिएको तिन वटा कोठा मध्ये एउटा कोठालाई संगतिको लागी छुट्याए र आजको ज्ञानेश्वर मण्डलीको औपचरीक रुपमा सुरुवात गरे । यस कोठमा आइतबारको संगति बाहेक बुधबार बेलुका प्रार्थना सभा पनि हुन्थ्यो । त्यो समयमा पास्टरलाई मण्डलीले तलब दिने व्यवस्था थिएन । पास्टरको नेतृत्व (रोवर्ट कार्थक) ले राजेन्द्र रोंगोँगलाई सचिव, ज्ञानी शाहलाई कोषाध्यक्ष, दफ्तन सादा र प्रकाश राई सदस्य बनाएर कमिटी बनाए । अब मण्डली दिन प्रति दिन संख्यात्मक रुपमा वृद्धि हुँदै गयो र काठमाण्डौँ बाहिरबाट आएका मानिसहरुको संख्या भने थपियो वा बृद्धि भयो । मण्डली सुरु भएको केहि महिनापछि पास्टर रोर्वट कार्थक बाइबल अध्ययनको लागी एक वर्षको समय छुट्याएर लण्डन बाइबल स्कुल, बेलायतमा गए । पास्टर रोवर्ट कार्थकको अनुपस्थितीमा राजेन्द्र रोंगोंगले पास्टरी कामलाई सम्हाले र मण्डली कमितीले सहयोग ग¥यो । राजेन्द्र रोंगोंगको पास्टरीय सेवकाईको अवधिमा दुई जना व्यक्तिले बप्तिस्मा लिए । त्यसपछि सन् १९५९ तिर शिव कुमार थापाले पनि बप्तिस्मा लिए । मण्डलीमा आराधना सेवा, बाइबल अध्ययन र उपवास प्रार्थना जस्ता मण्डलीका क्रियाकलापहरुमा प्राय निरन्तर रुपमा नै सबै सदस्यहरुले भाग लिन्थे । दशांस दिने र अरु विविध विषय वस्तुहरु संग सम्बधित व्यक्तिगत रुपमा सुसमाचार प्रचार प्रसार गर्ने कार्य निरन्तर रुपमा भईरह्यो । शान्त भवन अस्पताल पाटनमा काम गर्ने कर्मचारिहरु पनि मण्डली संगतिमा थपिन थाले । अब डिल्लीबजारमा भएको संगति वृद्धि भएको कारण ठाउँ नपुग्ने भयो र सबै जना ठुलो कोठाको खोजीमा लागे । केहि समयपछि ज्ञानेश्वरको ज्ञानधारा नजिक राजेन्द्र रोंगोंगको परिवार र मण्डली संगति गर्नको लागी ठाउँ अब डिल्लीबजारबाट मण्डली ज्ञानेश्वरमा सरेपछि अब संगतिको नाम पनि ज्ञानेश्वर नै राखे । लगभग १ वर्ष पछि पास्टर रोवर्ट कार्थक आफ्नो बेलायतबाट एक वर्षको अध्ययनलाई सकिएर फर्किए । गान्तोक, सिक्किम की मेरी राई संग सन् १९६० को डिसेम्बर ३१ तारिखको दिन विवाह गरे । मण्डलीमा शिक्षा दिने क्रममा बालबालिकालाई पनि बाइबलिय शिक्षाको आवश्यक पर्छ भन्ने उद्देश्य राखेर धना खवासको नेतृत्वमा बाल संगतिको पनि सुरुवात सन् १९६३ को मार्च महिनाबाट सुरु भयो । मण्डली सेवकाईको शिलशिलामा पास्टर रोवर्ट कार्थक मण्डलीबाट बाहिर जाँदा राजेन्द्र रोंगोंग, जोनाथन लिण्डेल, दफ्तन सादा, पि.वि. राई, प्रकाश राई, तिर बहादुर देवान र रिचार्डस जस्ता अगुवाहरुले मण्डलीको सेवा सञ्चालन गर्ने र वचनको सेवकाई गर्ने काम गर्थे । लगभग १० वर्ष पछि मण्डलीलाई नियाल्दा मण्डलीको निकै ठुलो वृद्धि भएको देखियो । एल.पि. न्यौपाने, रोल्याण्ड रोंगोंग, बिर बहादुर खवास जस्ता व्यक्तिहरु पनि विश्वास गरि मण्डलीमा सदस्यको रुपमा भए । त्यसैगरी महेन्द्र भवन स्कुलमा पढाउनको लागी आएका शिक्षीकाहरु एलिशिवा मुखिया, शान्त सिंह, जयन्ती सिंह र माइचङ सिंह पनि मण्डलीका सदस्य भए ।



सन् १९६४ को जुन महिना देखी ज्ञानेश्वरमा मात्रै हुँदै आएको प्रार्थना सभा, अब बृद्धि भएर शान्ता भवन, नक्साल, ज्ञानेश्वर र सानेपा स्थित ज्ञानी शाहको घरमा पनि हुन थाल्यो । यसरी मण्डलीको वृद्धि हुँदै गयो र हरेक महिनाको दोस्रो मंगलबार प्रार्थना सभा पनि सञ्चालन गर्न थाले । सन् १९७३ को जुन महिनाको पहिलो हप्तादेखी जवान संगतिको पनि सुरुवात गरे । सन् १९७४ को अगस्ट महिना देखी मण्डली परिसरलाई परमेश्वरको स्तुती प्रशंसार गर्ने ठाउँ भनेर ‘प्रशंसा निवास’ भनेर नयाँ नाम दिए । सन् १९९३को अन्त्य तिर आइपूग्दा ज्ञानेश्वर मण्डलीको संगतिहरु अब जोरपाटि र भनिमण्डल(जावलाखेल) तर्पm पनि वृद्धि भयो । सन् २००० को डिसेम्बर १७ तारिखका दिन जेम्स र सेल्भी नाम गरेका दुई जना व्यक्तिहरु नेपाली मण्डलीको मिसनरी भएर भारतको मुम्बाईमा जानको लागी सफल भए । त्यसै गरि नेपाल भित्रै स्थानिय मिसनरीको रुपमा सौमाया राई रुकुम जिल्लाको लागी, सिताराम सिंह भारतको विहारको लागी र पोखरामा भएको बाइबल स्कुलमा पिटर लिम्बुलाई पठाउने काम भयो ।



सन् १९६२ अगस्ट १४ तारिखका दिन मण्डली भवनको निम्ती जग्गा किन्ने भन्ने निर्णय अनुसार जग्गाको खोजी गर्ने कार्य ज्ञानी शाहलाई जिम्मा लगाए । जग्गा किन्नको लागी उठाएको जम्मा भेटि केवल रु ८१ रुपैँया २० पैसा थियो । मण्डलीको जग्गा नपाउञ्जेल सम्म महिनाको रु पचास रुपैँया भाडा तिरेर संगति गर्ने गर्थे । अब मण्डलीले पास्टरलाई पाल्नुपर्छ भन्ने निर्णय अनुसार पास्टरको परिवारको घर भाडा मण्डलीले नै तिरि दिने गथ्र्यो । अब ज्ञानी शाहले जग्गाको खोजी गर्दै जाँदा ज्ञानेश्वरमा नै रु ४२,००० पर्ने जग्गा त पाइन तर मण्डलीले किन्न सक्ने अवस्था भएन । हाल मण्डली भवन भएको ठाउँ वा जग्गा सन् १९६५ मा ज्ञानी शाह, राजेन्द्र रोंगोंग र दफ्तन सादाको नाउँमा किनेर रु १९,१४७ मा पास गर्ने काम गरे । त्यसपछि मण्डली भवन निर्माणको कार्य सुरुवात भयो । निर्माण कार्य सम्पन्न भएपछि सन् १९६९ अगस्ट ३ तारिख देखी आफ्नै भवनमा सेवा संगति सुरुवात गरे । त्यस पछि ज्ञानेश्वर मण्डलीले शाखा मण्डलीहरुमा पनि भवन निर्माणको कार्य गर्न सुरु ग¥यो । धोविघाटमा भएको मण्डली, मकवानपूरको फुर्केचौरमा भएको मण्डलीमा पनि जग्गा किन्ने र भवन निर्माण गर्ने कार्य गरे । यसरी ज्ञानेश्वर मण्डलीको सेवा बृद्धि हुँदै गयो । यी दिनहरुमा ज्ञानेश्वर मण्डलीले नेपाल भारत लगायत विभिन्न देशहरुमा धेरै जना मिसनरीहरु पठाउने काम गरेको छ । शाखा मण्डलीहरु पनि ६० वटा भन्दा बढि भइसकेका छन् । स्थापनाको ५० औँ वर्ष पुगेको अवसरमा सन् २००७ सालको नोभेम्बर १–३ तारिखमा स्वर्ण महोत्सव मनाउने काम पनि सम्पन्न ग¥यो ।



आफ्नो जीवनको अन्तिम क्षण सम्म पनि प्रभुको सेवामा दिलो ज्यानले लाग्नु हुने नेपालका महान हस्ती जसले नेपालमा प्रभुको राज्य फैलाउन दिन र रात नभनि प्रार्थनामा, सेवामा र भलाई गर्ने काममा नथाल्ने महान अगुवा स्वर्गीय पाष्टर रोवर्ट कार्थक ज्यू प्रति यो लेख सर्मपन गर्न चाहान्छु । ९५ बर्षको उमेरमा सन् २०२१ मे १८ गते राती ३ बजे उहाँ प्रभुको घरमा जानु भयो । यो समाचारले हाम्रो हृदय व्याकुल र शोकित त बनाएको छ तर पछि हामी सँग एक महान आशा छ कि एक दिन हामी उहाँलाई भेट्ने छौँ । नेपाली इसाइ जगतको कहिल्यै ननिभ्ने बत्ती हुनु भएर केही समयको निम्ति सत्नुु भएको छ । उहाँ लामो निद्रमा पर्नु भएको छ । हामी सबै एक दिन उहाँलाई भेट्न जानेछौँ । पूर्णतामा, महिमित शरिरमा उहाँसँग भेट गर्नेछौँ ।



जीवनमा मानिसहरुलाई उत्प्रेरणाको स्रोत बनेर सबैको नजरमा सरकात्मक दृष्टिकोण र सम्मान पाउन योग्य सम्पूर्ण नेपालीहरुको इसाइ मण्डलीहरुमा सदा जवान पाष्टरको रुपमा चिनिनु हुने, कुनै पनि व्यक्ति, सम्प्रदायलाई बिरोध नगरी बाइबलीय शिक्षा दिनु हुने नेपालको मण्डली इतिहासका महान अगुवा स्वर्गीय पाष्टर रोवर्ट कार्थक ज्यू प्रति हार्दिक श्रद्धांजली व्यक्त गर्दछाैँ ।





About Author

Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com

            sthasangam333@gmail.com

Phone: 9861310079

Blogger: https://sangamshresth.blogspot.com


B.Th., M.Div.(Running), BSW (Running) Founder of Apologetics Faith's Channel and बाइबल र यसका सत्यता, and Also Author of  ख्रीष्टियान विश्वास, बाैद्धिक विश्वास ।


स्व.पा.रोवर्ट कार्थक, जीवनी, सेवाकाइ र ज्ञानेश्वर मण्डली || Sangam Shrestha|| स्व.पा.रोवर्ट कार्थक, जीवनी, सेवाकाइ र ज्ञानेश्वर मण्डली || Sangam Shrestha|| Reviewed by Sangam Shrestha on May 17, 2021 Rating: 5

No comments:

Powered by Blogger.